back
NMB ad

फिट नभएको एउटा जिन्स, जसले बनायो अमेरिकाकै तेस्रो धनी महिला

Kumari bank ad

फोब्र्स म्यागजिनका अनुसार उनी आफ्नो क्षमता र लगनशीलताको आधारमा बनेकी अमेरिकाकी तेस्रो धनी महिला हुन् डोरिस फिसर । उनीसँग २ दशमलव ८ अर्ब सम्पत्ति रहेकोछ । विश्वकै धनीमा भने उनी २ सय २७औं स्थानमा पर्छिन् ।

सान फ्रान्सिस्कोमा जन्मिएकी डोरिस र उनका श्रीमान् डोनाल्ड दुबैजनाका परिवार एक अर्काका साथी थिए । उनीहरुका बुवाआमा दुबै एक अर्काको राम्रो साथी भएका कारण उनीहरु पनि बालककालदेखिकै राम्रो साथी बनेर हुर्किए । त्यही मित्रतालाई उनीहरुले सन् १९५३ मा विवाहमा परिणत गरे ।

डोरिस स्यानफोर्ड युनिभर्सिटीबाट अर्थशास्त्रको डिग्री गर्ने पहिलो महिला थिइन् भने डोनाल्ड पुराना होटलहरुलाई नयाँ प्रारुप दिने काम गर्दथे । यसरी होटलहरुसँग भएको चिनजानकै आधारमा एकदिन लिभाइज जिन्सको बिक्रेतालाई उनले भाडामा पसल खोल्नका लागि घर उपलब्ध गराइदिए । डोनाल्डले त्यो मानिससँग दुई जोर जिन्स पाइन्ट किने तर जब उनले घर गएर ती पाइन्ट लगाउन खोजे तब ती दुबै जोर उनलाई मिलेन । त्यसपछि त्यो पाइन्ट फिर्ता गर्न खोज्दा बिक्रेताले पनि मानेन ।

उनी अर्को पसलमा पाइन्ट किन्न गए तर आफूलाई फिट नभएपछि उनी र डोरिस मिलेर सान फ्रान्सिस्कोका सबै कपडा पसलहरुलमा आफ्नो लागि जिन्सको साइज खोजे । तर त्यो समयमा उनले आफूलाई फिट हुने जिन्स पाइन्ट नै भेट्टाउन सकेनन् । यसरी पूरै शहर खाली हात व्यर्थको घुमाईपछि श्रीमती डोरिस र उनका श्रीमान् डोनाल्डले एउटा विचार निकाले, एउटा पसल खोल्ने जहाँ सजिलै हरेक साइजका जिन्स पाइन्टहरु उपलब्ध हुन् ।

आफूले जस्तै अरुले पनि जिन्स पाइन्ट खोज्न हैरानी व्यहोर्नु नपरोस् भन्ने उपाय मात्र थियो त्यो तर यो निर्णयले उनीहरुको भाग्य नै बदलिदियो । पसलको नाम उनीहरुले जिन्स र संगीत राख्न खोजे तर त्यो त्यति राम्रो सुनिएन । त्यसपछि नाम जुराउने क्रममा डोरिसले नै भनिन् ग्याप, जेनेरेशन ग्यापलाई प्रतिनिधित्व गराउँदै उक्त नाम जुराइएको थियो । त्यही निर्णय स्वरुप उनीहरुले आफ्नो पहिलो पसलको नाम राखे ग्याप ।

सन् १९६९ मा उनीहरुले ओशन एभिन्यू सान फ्रान्सिस्कोमा जिन्स पसल खोलेर बजारको तरिकालाई नै परिवर्तन गरिदिए । खुद्रा व्यापार गर्ने कुनै पनि अनुभव बिना खोलिएको उक्त पसलमा उनीहरुले लिभाइजका जिन्सहरु बेच्ने काम गर्थे । व्यापार गर्ने अनुभव नभएकाले सामान पु¥याउन जाँदा र बिक्री गर्दा उनीहरुले थुप्रै हाँसोलाग्दो अनुभव पनि संगाले । तर पनि उनीहरुले हार खाएनन् र त्यसरी खोलिएको उनीहरुको पसल अहिले जिन्सको ब्राण्डको रुपमा चर्चित छ ।

उनीहरुले आजको दिनसम्म ३ हजार २ सयभन्दा बढी शाखाहरु खोलेका छन् । सन् २००९ मा डोनाल्डको निधन भइसकेको छ भने डोरिस अझै पनि व्यापार सम्हालिरहेकी छिन् । उनका तीन छोराहरु छन् जसले अहिले ग्यापलाई अझै माथि पु¥याउने काम गरिरहेका छन् ।

सन् १९७७ मा नै ग्याप फाउण्डेशनको स्थापना गरेका उनीहरुले त्यसबाट विभिन्न समाज सेवाका कामहरु पनि गरेका छन् । आफूहरुले व्यापारको केही थाहा नभए पनि अर्थशास्त्र विषयमा ज्ञान भएका कारणले नै आफूले हार नमानेको भन्दै डोरिसले शिक्षा नै शक्ति कार्यक्रम नामक प्रोजेक्ट पनि सुरुवात गरेकी छिन् । जसले हालसम्म ३२ हजारभन्दा बढी आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको अध्ययनमा सहयोग पु¥याएकोछ ।

प्रस्तुति: इरादा पहाडी, एजेन्सीको सहयोगमा

 

वि.सं.२०७३ जेठ १९ बुधवार १३:०२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...