काठमाण्डौं । नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेता जीओ फोर्डले जुन महिनाभरी फोर्ड हेरिटेज मनाउने बताउँदै यो अवधिभर फोर्ड गाडी किन्दा विशेष छुट पाइने पनि जनाएकोछ ।
यसका साथसाथै सोरुम आउने ग्राहक तथा टेस्ट ड्राइभ गर्नेहरुको लागि विशेष उपहारको व्यवस्था गरिएको छ ।
फोर्डले प्रत्येक वर्षको १ महिना हेरिटेज मन्थ मनाउँदै आएको छ । फोर्ड हेरिटेज मन्थ ग्राहकहरुको लागि एक उत्साहजनक उत्सवको रुपमा प्रस्तुत हुने बिक्रेताले बताएका छन् ।
१९ जेठ २०७३, ११.००
वि.सं.२०७३ जेठ १९ बुधवार १२:४९ मा प्रकाशित