back
NMB ad

कति छ संसद् भवनको भाडा !

Kumari bank ad

काठमाडौं । हिलेको सिंहदरबारस्थित संसद् भवन (ग्यालरी बैठक) साँघुरो हुने भएपछि बानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र भवनमा व्यवस्थापिका–संसद् सञ्चालनमा छ ।

०६४ मा संविधानसभा निर्वाचन भएपछि केन्द्रमा संसद् बैठक गरिएको हो । संसद् सचिवालयले ०६५ देखि भाडामा भवन प्रयोग गर्दै आएको छ । भवनको भाडा वार्षिक नौ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

०६५ यता संसद् सचिवालयले भवन भाडा मात्र ७६ करोड ८८ लाख रुपैयाँ तिरेको छ । ‘यो त देखिएको खर्च मात्र हो, अन्य नदेखिने खर्च पनि धेरै भएका छन्,’ संसद् सचिवालयका सहसचिव सोमबहादुर थापाले भने, ‘सुरक्षाकर्मी तथा कर्मचारीको बन्दोबस्ती दुईतिर हुँदा, यातायात, दौडधुपलगायतका कुराले नदेखिने खर्च बढाएको छ ।’

व्यवस्थापिका–संसद् भवन बनाउने विषय उठेको झन्डै १८ वर्ष भएको छ । तर, अहिले सिंहदरबारस्थित पुतली बगैँचामै संसद् भवन बनाउने गरी संसद् सचिवालयले प्रक्रिया अगाडि बढाएको छ । तर, सरकारले यस वर्ष जम्मा ५० लाख रुपैयाँ बजेट मात्र विनियोजन गरेको छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५५ मै सिंहदरबारस्थित पुतली बगैँचाको जग्गामा संसद् भवन बनाउने निर्णय गरेको थियो । तर, स्थानका विषयमा विवाद भयो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकै ठाउँमा रहँदा संकुचन हुने भन्दै संसद् भवन बाहिर बनाउनुपर्ने आवाज उठेपछि विभिन्न अध्ययन समिति बनेका थिए । ती समितिले पुतली बगैँचामै भवन बनाउन उपयुक्त हुने निष्कर्ष दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ जेठ २०

वि.सं.२०७३ जेठ २० बिहीवार १०:१२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...