काठमाडौं । आज स्थानिय बजारमा सुनको भाउ प्रतितोला २ सयले उकालो लाग्दै तोलाको ५४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
बुधवार सुन प्रतितोला ५४ हजार ३ सयमा कारोवार भएको थियो । यता चाँदीको भाउमा भने गिरावट आएको छ ।
बुधवार प्रतितोला ७ सय ५० मा कारोवार भएको चाँदी बिहीवार ७ सय ४५ मा झरेको छ ।
प्रकाशितः २०७३ जेठ २०
वि.सं.२०७३ जेठ २० बिहीवार १०:५८ मा प्रकाशित