back
NMB ad

सहकारी पीडितले घेरे बालुवाटार, संचालकलाई कारवाहीको माग

Kumari bank ad

काठमाण्डौं । ओरियन्टल सहकारीबाट पीडित बनेकाहरुले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । केही दिन अघि मात्र सुधीर बस्नेतले काम गर्ने वातावरण पाऊँ भन्दै निवेदन दिएको थाहा पाएपछि आज उनको कारवाहीको माग गर्दै सर्वसाधारणले बालुवाटार घेराऊ गरेका हुन् ।

बालुवाटार घेराउ गर्न ठूलो संख्यामा सहभागी भएका पीडितहरुले बस्नेतविरुद्ध नाराबाजी गर्नुका साथै उनलाई संरक्षण नगर्न सरकारसँग माग गरेका छन् । आन्दोलनकारी बालुवाटारको सडकमा सुतेका छन् ।

केही दिन अघि व्यवस्थापिका सांसदको अर्थ समितिले व्यवसायी बस्नेतलाई तत्काल पक्राउ गरी सर्वसाधारणको रकम फिर्ता गर्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिको निर्देशन आएपछि बस्नेतले सहकारी विभागमा काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै निवेदन दिएका थिए ।

विशेष अदालतका पुर्वसंयोजक गौरीबहादुर कार्कीको संयोजकत्वमा सरकारले गठन गरेको समस्याग्रस्त सहकारीका लागि उच्चस्तरीय जाँचबुझ आयोगमा बस्नेतविरुद्ध करिब ७ हजार सर्वसाधारणले ९ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

२० जेठ २०७३, ११.३०

वि.सं.२०७३ जेठ २० बिहीवार १२:११ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...