काठमाडौं । सरकारले वैधानिक रेमिटान्स आप्रवाहलाई बढाउन बैंकमार्फत रेमिटान्स पठाउनेलाई घरजग्गा किन्दा लाग्ने दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ ।
हुण्डी तथा अन्य गैरकानूनी कारोबारलाई निरुत्साहित गर्न सरकारले रजिस्ट्रेसन शुल्कमा छुट दिने घोषण गरेको हो ।
विभिन्न अध्ययनहरुका अनुसार हाल नेपाल भित्रने रेमिट्यान्सको करिब ६० प्रतिशतमात्रै बैंकिङ प्रणालीबाट आउने गरेको छ । ४० प्रतिशत हुन्डी वा अन्य गैरकानूनी माध्यमबाट भित्रने गरेको अध्ययनले देखाएको छ ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ खर्ब २७ अर्ब ३७ करोड रुपैयाँ रेमिटान्स आएको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशितः २०७३ जेठ २१
वि.सं.२०७३ जेठ २१ शुक्रवार १५:१४ मा प्रकाशित