
काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिसुली-गल्छी जलविद्युत आयोजनाबाट उत्पादित विजुली खरिद गर्ने भएको छ । शुक्रवार विद्युत प्राधिकरण र आयोजना निर्माण गर्ने कम्पनी सिद्धकाली पावर लिमिटेडबीच बिद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको हो ।
यो आयोजनाको लागत कुल लागत १४ अर्ब ४० करोड ६० लाख रुपैयाँ लाग्ने बताइएको छ । जसमा सेयरधनीहरुको लगानी ४ अर्ब ३२ करोड रुपैयाँ लगानी रहनेछ । त्यस्तै आयोजनाको विस्तृत डिजाईनको काम डिजाईन ग्रुप प्रोजेक्ट कन्सल्ट्यान्टस, बैंगलोरले गर्नेछ ।
यो आयोजनाको निर्माण पश्चात काठमाण्डौ उपत्यकाको लोडसेडिङ हट्ने अनुमान गरिएको छ ।
२१ जेठ २०७३, २।३०
वि.सं.२०७३ जेठ २१ शुक्रवार १६:१५ मा प्रकाशित