काठमाण्डौं । विदेशमा काम गर्न गएका नेपालीलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार वचतपत्र निष्कासन गरेको छ । बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयाँ बराबरको बचतपत्र आइतबारदेखि निष्कासन गरेको हो । वार्षिक ९ प्रतिशतका दरले ब्याज पाइने बचतपत्रको प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने राष्ट« बैंकले जनाएको छ ।
विदेशमा बसेका नेपालीले जेठ २३ गतेदेखि असार २४ गतेसम्म यो बचतपत्र किन्न सक्नेछन् । बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न रहेका नेपाली वा रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा किन्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विदेशमा रोजगारीमा रहेका व्यक्तिको बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले मात्रै बचतपत्र किन्न पाउनेछन् ।
यो बचतपत्रमा बार्षिक ९ प्रतिशतका दरले ब्याज दिने र ब्याज प्रत्येक ६ महिनामा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र पाँच वर्षमा साँवानै भुक्तानी हुनेछ भने आफुले चाहेको समयमा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तिय संस्थाबाट ऋण समेत लिने सकिने राष्ट्र बैंकले जनाएको छ ।
बचतपत्र आईएमई मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफर, प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सेवा रेमिट र सानिमा बैंकमार्फत किन्न सकिनेछ ।
२३ जेठ २०७३, १०।००
वि.सं.२०७३ जेठ २३ आइतवार १२:४३ मा प्रकाशित