back
mega bank Ad
Hero Ad

रिलायन्सले पनि ल्याउने भो १०:६ का दरले हकप्रद सेयर !

काठमाण्डौं । रिलायन्स लोटस फाइनान्स लिमिटेडले १०ः६ हकप्रद सेयर जारी गर्ने भएको छ। फाइनान्सको शुक्रबार सम्पन्न छैठौै वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले आर्थिक वर्ष २०७१/७२ मा खुद मुनाफा ४ करोड ५५ लाख १३ हजार भएको जानकारी गराए ।

फाइनान्सको अधिकृत पुँजी ६५ करोड, जारी पुँजी ३७ करोड १४ लाख २८ हजार ६ सय र चुक्ता पुँजी ३७ करोड १४ लाख रहेको छ । संस्थाले सेयरधनीलाई आव ०७१/७२ मा २० प्रतिशत बोनश सेयर तथा १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा २१.०५ प्रतिशत लाभांश दिने जनाएको छ । साथै नाम परिवर्तन गरि रिलायन्स फाइनान्स लिमिटेड राख्ने, पुँजी वृद्धि संस्थापक समूह तथा साधारण सेयर अनुपात ५१ः४९ प्रतिशत हुने गरी परिवर्तन गर्ने, सञ्चालक संरचना परिवर्तन गर्ने, यही आवभित्र चूक्ता पुँजी ८० करोड पुर्‍याउने रिलायन्सको विज्ञप्तिमा छ।

पाँचौ साधारण सभामा पारित संस्था, उपयुक्त बैक, विकास बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने–गाभिने तथा एक्विजिसन सम्बन्धि विशेष प्रस्तावलाई निरन्तरता दिने प्रस्ताव पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।

२३ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ २३ आइतवार १२:५५ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...