काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको समय एक घन्टा घटाउने भएको छ। अब दैनिक औसत ९ घण्टामात्र लोडसेडिङ हुनेछ।
नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिने प्राधिकरणले जनाएकोछ । हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ।
प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी लोडसेडिङ गर्ने जनाएको छ।
२४ जेठ २०७३, ९।००
वि.सं.२०७३ जेठ २४ सोमवार १०:४४ मा प्रकाशित