back

सार्वजनिक जग्गामा वन बनाउने निर्देशिका तयार !

Kumari bank ad

काठमाण्डौं । सार्वजनिक जग्गामा वनको विकास गर्न तयार पारिएको मस्यौदा निर्देशिका माथि छलफल सुरु भएको छ । निर्देशिका स्वीकृत भएमा सरकारी जग्गा अतिक्रमणबाट बच्ने, वातावरण संरक्षण हुने, हरियाली कायम हुने, वन क्षेत्रदेखि टाढाका जनतालाई वन पैदावारको सहज उपलब्धता हुने र विपन्न परिवारको जीविकोपार्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्रालयका सचिव, सहसचिव, वन विभागका महानिर्देशक, उपमहानिर्देशक, क्षेत्रीय वन निर्देशक, सम्बन्धित जिल्ला वन अधिकृत, बहुसरोकारवाला वन कार्यक्रमका प्रतिनिधि लगायतको सहभागितामा छलफल भएको हो ।

यो निर्देशिका स्वीकृत भई कार्यान्वयन भएमा वन क्षेत्रबाट टाढा रहेका तराई र भित्री मधेसका दक्षिणी क्षेत्रका सरकारी स्वामित्वमा रहेका खाली, पर्ती र सार्वजनिक जग्गामा वन विकास भई त्यहाँका जनतालाई फाइदा पुग्ने विश्वास छलफलमा सहभागीले लिएका छन् ।

हाल सार्वजनिक जग्गामा यस्ता कार्यक्रम सञ्चालन भए पनि स्पष्ट निर्देशिका नहुँदा समस्या परेको थियो ।

२४ जेठ २०७३, २।००

वि.सं.२०७३ जेठ २४ सोमवार १६:०५ मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...