
काठमाडौं । सरभाईभर्स नेपालले सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.बि.स. स्थित सुर्योदयप्रा.बि. को भवन निर्माण सम्पन्न गरि बिद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
गतबर्ष बैशाख १२ गते पश्चात् गएको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयहरुको पुननिर्माणमा सकृय रहँदै आएको यस संस्थाले सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा र कालीकागा.बि.स मा ४ वटा बिद्यालयहरु पुननिर्माणमा गरि हस्तान्तरण गरि सकेको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर ठकुरीको सभापतित्वमा भएको हस्तान्तरण कार्यक्रममा सहयोगी संस्था सरभाईभर्स नेपालका अध्यक्ष सुशिल कोईरालाले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सामू बिद्यालय भवन हस्तान्तरण गरेका थिए ।
प्रकाशितः २०७३ जेठ २४
वि.सं.२०७३ जेठ २४ सोमवार १६:१७ मा प्रकाशित