back
NMB ad

फ्रान्स पनि काठमाण्डौंमा केबलकार बनाउन इच्छुक

Kumari bank ad

काठमाडौं । फ्रान्सले काठमाडौं उपत्यकाभित्र सहरी केबलकार सञ्चालन परियोजनासम्बन्धी एक सम्भाव्यता अध्ययन प्रतिवेदन सोमबार नेपाल सरकारसमक्ष पेस गरेको छ ।

प्रतिवेदन नेपालका लागि फ्रान्सेली राजदूत यभ्स कार्मोनाले भौतिक योजना तथा निर्माण मन्त्रालयलाई बुझाएका हुन् । फ्रान्सेली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार ग्रिन इनर्जीबाट सञ्चालन गर्न सकिने भएकाले सहरी केबलकार मोनोरेल वा मेट्रो रेलभन्दा भरपर्दो, द्रुत निर्माण गर्न सकिने उत्तम खालको रहेको सम्भाव्यता अध्ययनले देखाएको छ ।

काठमाडौं उपत्यकाका लगनखेल–जमल, टंकेश्वर–गोंगबु बसपार्क, कलंकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमतीमा चार लाइनका केबलकार सञ्जाल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

नेपालका केही व्यवसायी तथा फ्रेन्च लगानीकर्ताले पब्लिक प्राइभेट पार्टनरसिप मोडेलमा काठमाडौंमा केबलकार परियोजना निर्माण गर्न इच्छा देखाएको दूतावासले जनाएको छ ।

प्रकाशितः २०७३ जेठ २५

वि.सं.२०७३ जेठ २५ मंगलवार १२:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...