काठमाण्डौं । नेशनल माइक्रो फाइनान्सलाई साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । वित्तीय संस्थाले यहि जेठ २४ गते धितोपत्रबोर्डबाट आइपिओ निष्काशनको लागि स्वीकृति पाएको हो ।
आईपिओ निष्काशनका लागि बोर्डबाट स्वीकृति पाउने यो सबैभन्दा पछिल्लो कम्पनी हो । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने छ । जसका लागि कम्पनीले एनआईबिएल क्यापिटलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
कम्पनीले स्वीकृति पाए पछि साधारण सेयर निष्काशनका लागि आह्वानपत्र जारी गर्ने तयारी सुरु गर्न लागेको क्यापिटलले जनाएको छ ।
२६ जेठ २०७३, १।००
वि.सं.२०७३ जेठ २६ बुधवार १३:५६ मा प्रकाशित