back
NMB ad

चीनको सिन्ज्याङ्ग प्रोभिन्समा गो नेपाल

Kumari bank ad

विशेषगरी नेपालमा गएको विनासकारी भुकम्प तथा अघोषित आर्थिक नाकावन्दीका कारणले तहस नहस भएको पर्यटन ब्यवसायलाई पुरानै अवस्थामा फर्काउने प्रयासहरु भईरहेका छन् । नेपालको पर्यटन प्रवर्धन गर्नकालागि विश्वका विभिन्न मुलुकहरुमा कार्यशाला गोष्ठी, पत्रकार सम्मेलन तथा फेयरहरुमा सहभागिता जनाउने कार्यहलाई यो बर्ष अभियानकोरुपमा राखिएको छ ।

नेपालको पर्यटनलाईसहयोग गर्न र नेपालीहरुको आर्थिक विकासलाई सहयोग पुर्याउने उदेश्यले चीनको सिन्ज्याङ्गको सदरमुकाम उरुम्ची(Urumqi) का केहि युवा मित्रहरुले गो नेपाल अभियान सञ्चालन गरेका छन् । यसै सन्दर्भमा यहि अप्रिल २२ देखि २५ सम्म सिन्ज्याङ्गको सदरमुकाम उरुम्ची(Urumqi) मा सम्पन्न अन्तरराष्ट्रिय टुरिज्म ट्रेड फेयरमा गो नेपालको प्रचार प्रसार गरिएको थियो । नेपालबाट अलिक टाढाको गन्तब्य भएतापनि यस क्षेत्रका मानिसहरुको नेपाल भ्रमण गर्ने उत्साह भने अत्यन्त प्रवल थिए ।

यस क्षेत्रका मानिसहरुमा नेपालको भौगोलिक, सामाजिक तथा साँस्कृतिक रहनसहनका वारेमा व्यापक जिज्ञासाहरु थिए । भौगोलिक हिसावले उरुम्ची (Urumqi) र काठमाण्डौको भौगोलिक अवस्थिति मिल्दाजुल्दा देखिन्थे । मानिसहरुका रहन सहन कता कता नेपालकै जस्तो भान हुने थिए जसको कारणबाट हामीहरुले दुईदेश विचका जनता जनता विचामा सम्वन्ध विस्तार गर्न सजिलो पर्ने देखिन्छ । यसरी हाम्रा विषयमा उनीहरुलाई जानकार वनाउन सकेमा भविश्यमा पर्यटन व्यासायलाई टेवा पुर्याउन सकिन्छ ।

नेपाल र नेपालीलाई अति नै माया गर्ने हाम्रा यूवा मित्रहरु हुवोउ र स्नो को पहलले गो नेपाल नामक संस्थाको जन्म भएको हामीले हाम्रो भ्रमणमा पायौं । हुवोउले नेपालमा भ्रमण गर्न आउदाँ खिचेका नेपालको भुकम्प पछिका फोटोहरुको प्रदर्शनी समेत गर्ने कार्यक्रममा हामीहरुको सहभागिता भएको थियो जसमा व्यापक जनसहभागिता भएका थिए साथै नेपाल प्रतिको जनचासो उत्कृष्ट थिए । सो क्षेत्रका सञ्चार माध्यामहरुको चासोको विषय भुकम्प पछिको पुनर्निर्माणका सम्वन्धमा थिए ।

खासगरी हुवोको व्यक्तिगत पहल वाट यो कार्य सम्पन्न भएको र उनका सहयोगीहरुको समेत निर्णयवाट हामीलाई निमन्त्रणा गरिएको हामीले जानकारी पायौं । नेपालवाट गएका सहभागीहरुलाई उनीहरुले सक्दो आतिथ्यता प्रदान गरेका थिए जुन अतुलनिय छ । उरुम्चीको वसाईका क्रममा हामीहरुलाई साथीहरुले सिन्ज्याङ्ग प्रोभिन्सको पर्यटकीय स्थलहरुको अवलोकन गर्ने अवसर जुटाईदिएका थिए । पर्यटनको दृष्टिकोणवाट सिन्ज्याङ्गमा रहेका उच्च हिम श्रृंखलाहरु देखि लिएर ममरुभूमि सम्मका लोभलाग्दा प्राकृतिक दृश्यहरु देख्न र अनुभव गर्न सकिने रहेछन् ।

गौतम बुद्दको करीव एकसय पचास मि. अग्लो मुर्ति निर्माणगरी बौद्द धर्मालम्वीहरुलाई आकर्षणको केन्द्रविन्दु वनाईएको स्थान रहेछ जहाँ हजारौ पर्यटकहरुको भ्रमण हुने गर्दछ । त्यसैगरी उच्च पहाडमा रहेको तियान्सु ताल जहाँवाट अत्न्तै मनमोहक हिमाली दृश्य नजिकबाट नियाल्न सकिने रहेछ । सरकारले र स्थानीयहरुले ताललाई संरक्षण गर्नलाई हदैसम्मको कडाई गरेको अनुभव प्राप्त भयो ।

हामीहरुले वोटको सयर गरेर किनारमा आईपुगेर पानीको अवस्था जाँच गर्नलाई पानी छुन समेत त्यहाँको सुरक्षकर्मीले दिएन । पछि हामीहरुले हाम्रा साथीहरुसँग बुझ्दा यो अति नै महत्व वोकेको ताल भएकोले यसको संरक्षण नै पहिलो कुराहो त्यसकारण पानीमा कुनै प्रकारको प्रदुषण नहोस भनेर मानिसलाई समेत पानी छुन दिने चलन रहेनछ तर हाम्रा ती भन्दा आकर्षक तालहरुमा सोझै मानव तथा पशुजन्य मलमुत्र मिसाएको स्थितिमा हामीले हाम्रा प्रकृतिलाई कसरी जोगाउने भन्ने मनमा प्रश्नै प्रश्न वोकेर बसियो ।

यस क्षेत्रको अर्को आकर्षणको केन्द्रविन्दु भनेको यो क्षेत्र भौगोलिक हिसावले एसियाको केन्द्र विन्दु रहेछ । स्थानीय सरकारले एसियाको कन्द्रविन्दु भएको स्थानलाई एउटा पर्यटकीय आकर्षणको केन्द्र बनाएको रहेछ । यहाँ एसियाका सम्पुर्ण देशहरुको राष्ट्रिय झण्डा सहितको स्तम्भहरु वनाएर कुनैपनि मुलकका पर्यटकहरु गए भने आफ्नो मुलुककको झण्डा र नक्सालाई अवलोकन गर्न सक्ने अवस्था छ । त्यसैगरी पर्यटकीय क्षेत्रकोहिसावले टुरफान क्षेत्रमा रहेको मरुभूमिलाई ब्यवस्थित गरिएको रहेछ । उरुम्चीबाट करीव दुईसय कि.मि.को दुरीमा रहेको फायर माउन्टेन जहाँ आगो जस्तो तातो हुने रहेछ यस क्षेत्रको मरुभूमिमा पर्यटकहरुको घुईचो नै थियो । मरुभूमिमा खेलिने एड्भेन्चर गाडी कुदाउने देखि उँटमा चढेर यात्रा गर्न सकिने रहेछ ।

वास्तवमा नेपालको अनुपम प्राकृतिक दृश्यहरुले भरीएको मुलुक भएतापनि पर्यटकीय हिसावले पुर्णरुपले उपभोग गर्न सकिएको छैन । जुन जुन गन्तब्यस्थानलाई पर्यटकीय हव वनाएका छौ त्यसमा समेत आवश्यक पुर्वाधारहरुको अभावको कारणले पर्यटकहरुलाई सुरक्षित र ब्यवस्थित वनाउन सकेका छैनौ । पर्यटन ब्यवसायको वृद्दि सगँसगै जागरण हुनुपर्ने वातावरणीय चेतनाको अभावले हाम्रा सम्पदाहरु दिनानु दिन हानी नोक्सानी तर्फ उन्मुख भएको छ ।

प्राकृति दोहनलाई जथाभावी प्रयोग गर्नाले उत्पन्न भएका संकटहरुले पर्यटकीय आकर्षणका केन्द्रहरुलाई असर पार्ने कार्य भैरहेका छन् । पोखराको फेवा तथा वेगनास जस्ता तालहरुमा स्थानीयहरुले सोझै ढललाई तालको पानीमा मिसाएर तालको भविश्यमा प्रश्न चिन्हलागेको छ । त्यसकारणले अन्य तालहरुलाई संरक्षणगर्नलाई सरकारले राष्ट्रिय ताल विकास समितिको गठन गरेतापनि उचित बजेटको ब्यवस्थापन नभएकाले संरक्षण नाममात्र हुने संभावना छ ।

अव नयाँ नयाँ गन्तब्यस्थानहरुको पहिचान र विकास गर्दा दिर्घकालिन हिसावले सोच्नु पर्ने आवश्यकता छ । आगामी दिनमा नेपालको विभिन्न प्रदेशहरुमा पर्यटकीयक्षेत्रहरुको गुरुयोजना वनाउने चर्चा चलेको छ । पर्यटकीय दृष्टिकोणबाट पहिचान भईसकेका रामारोशन, खप्तड, बढिमालिका तथा पुर्वमा चर्चित ईलाम, पाँचथर, तेह्रथुम, संखुवासभा तथा भोजपुर जस्ता जिल्लाहरुमा पर्यटकहरुको आगमन गराउनुपर्ने छ । त्यसैगरी मानव सभ्यताको ईतिहाश बोकेको तराईका विभिन्न भागमा रहेका साँस्कृति महत्वका गन्तब्यस्थानहरुको संरक्षणतथा प्रचार प्रसार गर्न आवश्यक देखिन्छ । यसरी नयाँ गन्तब्यको पहिचान, विकास र प्रवर्धनगर्दा वातावरणीय तथा सांस्कृतिक सुरक्षणका कुराहरुलाई समेत ध्यानमा राख्न जरुरी देखिन्छ । पर्यटनको विकासलाई योजनाबद्द तवरले अगाडि बढाउन आवश्यक छ जसलाई जे मनलाग्यो त्यहि हिसावले छुट दिईनु हुदैन ।

नेपालको पर्यटन ब्यवसायमा परेको असरलाई चिर्नका लागि उरुम्चीमा सम्पन्न गरिएको फोटोग्राफी तथा अन्तरराष्ट्रिय मेलाको सहभागिताले केहि हद सम्म चीनीयाहरुमा नेपालमा भ्रमण गर्न जानुपर्नेखालको सन्देश प्रवाहभएको छ । यस्तै गतिविधिहरुलाई संभावित स्थानहरुमा प्रचारप्रसारको माध्याम वनाउदै अगाडि बढ्ने हो भने निश्चय नै नेपालको पर्यटन प्रवर्धन गर्नलाई बेर लाग्दैन र भविश्यमा थुप्रै पर्यटकहरु नेपाल घुम्नलाई लालायीत हुनेछन् ।
२७ जेठ २०७३, १.००

वि.सं.२०७३ जेठ २७ बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...