back
mega bank Ad
Hero Ad

नेपालको ऊर्जा क्षेत्रमा ४५ अर्ब ८० करोड लगानी गर्दै भारत

काठमाण्डौं । भारतले नेपालमा ऊर्जा उत्पादनका लागि मात्र रु ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी गर्ने भएको छ । भारतका ६३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा रु ८० अर्ब ६७ करोड १० लाखभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

भारतीय उद्योगको सबैभन्दा बढी लगानी नेपालको ऊर्जामूलक क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । सरकारले ‘विदेशी लगानी नीति, २०७१’ मार्फत विदेशी लगानीलाई ऊर्जा क्षेत्रमा प्राथमिकता दिएपछि ऊर्जा क्षेत्रमा विदेशी लगानी बढेको हो ।

लगानी गर्न स्वीकृति प्राप्त गरेका ६३१ भारतीय उद्योगको कृषि तथा वनजन्य क्षेत्रमा रु ४२ करोड, ७० लाख, निर्माणमा रु एक अर्ब ८७ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रमा रु १७ अर्ब ५१ करोड ७० लाख लगानी रहेको छ ।

त्यस्तै खनिजमा रु दुई अर्ब ४४ करोड ९० लाख, सेवा क्षेत्रमा रु १० अर्ब ६२ करोड २० लाख र पर्यटनमा रु एक अर्ब ९७ करोड ५० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेको विभागको तथ्याङ्क छ । वि.सं २०७३ वैशाख मसान्तसम्म स्वीकृत पाएका भारतीय उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा ६५ हजार १०७ रोजगारी सिर्जना हुनेछ ।

२७ जेठ २०७३, ११.००

वि.सं.२०७३ जेठ २७ बिहीवार १३:५५ मा प्रकाशित

You can share this post!

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको...

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:१४

काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण...

१३२ केभी प्रसारण लाइनको अवरोध हट्यो

१३२ केभी प्रसारण लाइनको अवरोध हट्यो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:०५

हेमन्त केसी,  सुर्खेत ।  नेपाल विद्युत् प्राधिकरणले १७५ रोपनी जग्गा निकुन्जलाई...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:२८

काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश...

छुट्नुहोला है, एक हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन

छुट्नुहोला है, एक हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:५९

काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश...