काठमाडौं। मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसनको साधारणसभाले १ वरावार १ दशमलव ७५ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृती प्रदान गरेको छ । कम्पनीको वुधवार सम्पन्न साधारणसभाले उक्त स्वीकृती प्रदान गरेको हो ।
विषेश साधारणसभावाट पारित भएपछि तत्कालै हकप्रद जारी गरिने कम्पनीले जनाएको छ । हकप्रदसंगै फाइनान्सको चुक्ता पुँजी ६८ करोड ९२ लाख ७८ हजार पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ छ । कम्पनीले केही समयभित्रै चुक्ता पुँजी एक अर्व रुपैयाँ पु¥याउने जनाएको छ ।
प्रकाशितः २०७३ जेठ २७
वि.सं.२०७३ जेठ २७ बिहीवार १४:२२ मा प्रकाशित