back
NMB ad

नासा कास्कीको अध्यक्षमा पुन श्रेष्ठ

Kumari bank ad

सुरेन्द्र पौडेल, पोखरा । नेपाल अटोमोबाइल एसोसिएसन (नासा) कास्कीको अध्यक्षमा पुनः शिव श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

एसोसिएसनको उपाध्यक्षमा खेम ढकाल र कृष्णमान बुध्दाचार्य, सचिवमा प्रवेश पौडेल, कोषाध्यक्षमा दीपेन्द्र कोइराला चयन भए । सदस्यहरूमा देव नकर्मी, कपिलकिरण श्रेष्ठ, निरव नाल्मी, प्रज्वल रञ्जित र रेविना श्रेष्ठ चयन भएका छन् ।

उक्त अवसरमा बोल्दै नासाका केन्द्रीय महासचिव गोविन्द भट्टराईले सहासिक खेलकुदको क्षेत्रमा नासाको योगदान महत्वपूर्ण रहेको बताए । ‘अटो स्पोर्टस्को महत्व पछिल्लो समय बढिरहेको छ,’ उनले भने । नासाले सडक सुरक्षा सम्बन्धी सचेतनासमेत बढाइरहेको उनले बताए । नासाले उत्पादन गरेका खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेको भट्टराईले जानकारी दिए ।

खेलकुदको विकासका लागि नासासँग हातेमाले गरेर अगाडि बढ्न आफूहरु तयार रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यम गुरुङले बताए । सहासिक खेल क्षेत्रमा नासा कास्कीले पु¥याएको योगदान प्रशंसनीय रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । नासाका गतिविधिलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन् ।

२७ चैत २०७३, १।००

वि.सं.२०७३ जेठ २७ बिहीवार १५:१९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...