back
NMB ad

एजेन्टहरुले ब्रम्हलुट गरेको भन्दै एयरपोर्ट भन्सारमा यूनिट्राभको आन्दोलन

Kumari bank ad

काठमाण्डौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार बिभागमा एमाले समर्थित पर्यटन मजदुर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ ।

सबै मजदुर संगठनको समान प्रतिनिधित्व, एजेन्टले गरिरहेको ब्रम्हलुट अन्त्य, भन्सार कार्यालयको संरचना र प्रणालीगत ढंगले कार्यहरु हुनुपर्ने, कानुन अनुरुप भन्सारका कार्यहरु हुनुपर्ने, मजदुरहरुले आफुले तोकेको समयअबधिसम्म काम गर्नुपर्ने लगायतका माग राखी यूनिट्राभमा आबद्ध मजदुरहरु आन्दोलित बनेका हुन् ।

त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा एजेन्ट संघले आफ्नो हिसाबले मजदुरहरुको नियुक्ति र राजनीतिक पार्टीको भर्तीकेन्द्रजस्तो बनाएर विगत ३० वर्षदेखि अनियमितता गर्दै आएको एमाले समर्थित मजदुरहरुको आरोप रहेको छ ।

कार्यालयका भन्सार प्रमुखले वार्ताका माध्यमबाट समस्या समाधानका उपाय निकाल्न पटक पटक गरेको आग्रहलाई पनि एजेन्टहरुले वेवास्ता गर्दै हिडेको भन्द मजदुरहरु अझै आक्रोशित बनेका छन् । यी सबै परिदृष्यले त्यहाँ कार्यरत एजेन्टहरु सकेसम्म भन्सारमा ब्रम्हलुट गर्न उद्धृत रहेको प्रष्ट हुने यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुली बताउँछन् ।

भन्सारमा प्रतिदिन ३० टन सामान भित्रने गरेको मजदुरहरुको भनाई छ । त्यसमा प्रति केजीको २ रुपैंया ५० पैसाका दरले ग्राहक÷सर्वसाधारणबाट रकम उठाउने गरेको र श्रमिकको नाममा लुट मच्चाउने गरेको मजदुरहरुको आरोप छ ।

भन्सारमा भईरहेको अनियमितताबारे राज्य पनि मौन बसेको, हवाई सुरक्षामा ध्यान नदिई मनोमानी ढंगले पास वितरण गर्ने गरेको लगायतका विषयलाई उठान गर्दै उनीहरुले त्यहाँका अनियमितता छानबिन गर्नुपर्ने माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने निर्णय गरेका छन् ।

यसका लागि उनीहरुले मजदुरहरुको हस्ताक्षर संकलन कार्यलाई तिव्रता दिएका छन् । साथै यस विषयमा अर्थ मन्त्रालयको पनि ध्यानाकर्षण गराउने भएका छन् । मजदुरहरुले शान्तिपूर्ण आन्दोलनको वेवास्ता गरिए एयरपोर्टमा हुने गरेका सम्पूर्ण कार्यहरु ठप्प पार्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।
२८ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार १३:५८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...