back
NMB ad

हलो छाडेर यान्त्रिकीकरणमा रमाउँदै किसान

Kumari bank ad

रौतहट । केही वर्षअघिसम्म जिल्लाका कृषकले खेत जोत्न हलोको प्रयोग गर्ने गर्दथे । सबै कृषकका घरमा एक हल जोडी गोरु पालिएको हुन्थ्यो तर अहिले त्यो जमाना रहेन । अहिले न कृषकका घरमा हलजोडी गोरु छ, न त हलो नै छ ।

जमाना परिवर्तन भएसँगै कृषिमा भित्रिएको प्रविधि देखेर चन्द्रपुर नगरपालिका–१२ का डिल्लीबहादुर खड्का भन्छन् , “गोरु पाल्ने कृषकका गोठ रित्तिएका छन्, हलो बनाउने सिकर्मीहरु कहाँ कता गए होलान ? के गर्दै होलान ?”

विगत २० वर्ष अघिको सम्झना गर्दै चन्द्रपुर नगरपालिका–१२ का कृषक एकराज पोखरेल भन्छन्, “अब त्यस्तो जमाना नै कहाँ रह्यो र रु कृषक सबै सुविधामुखी भए । अब हुँदा हुँदा त दुःखीले गर्ने भनिएको कृषि व्यवसाय तराईमा सुखीले गर्ने व्यवसाय पो भएको छ ।”

उनले भने, “जिल्लाका अधिकांश खेती गोरुले जोतेर भ्याउँथ्यो तर कृषिमा आधुनिक प्रविधि भित्रिएपछि पुराना चलन सबै हराए ।” बर्खा सुरु हुनैलाग्दा यहाँका खेत खाली हुने क्रममा रहेका छन् र कतिपय जमिन खाली भइसकेका छन् । तराईका जिल्लामा केही वर्षदेखि कृषि यान्त्रिकीकरणको प्रयोग गर्ने क्रम बढेको छ । जोत्ने, माटो सम्याउने, फसल ओसार–पसार गर्ने, मकै झार्ने, गहुँ, मुसुरो काट्ने र भित्र्याउने काम सबै कृषि यान्त्रिकीकरणले गर्ने गरेको छ जसका कारण कृषकलाई सुविधा पुगेको छ ।

त्यति मात्र होइन एकदमै कम समयमा खेतमै पाक्न लागेको गहुँ एकैपटक थ्रेसिङ गरेर कृषकको बोरामा हाल्ने हार्भेस्टर मेसिन पनि यस क्षेत्रका कृषकले केही वर्षदेखि प्रयोग गरिरहेका छन् । अब त मुलुकमा धान रोप्ने मेसिनसमेत भित्रिसकेको छ । धान रोप्ने मेसिनको प्रयोगले खर्चमा पनि कमी आउने अपेक्षा गरिएको छ । करिब रु १४ लाख पर्ने ट्र्याक्टर किनेर कतिपयले आवश्यकताअनुसार रोटाभेटर, टे«लर, थ्रेसर, कल्टी, तावाको प्रयोग गरी कृषकलाई सहजता प्रदान गर्दै आएका छन् ।

कृषिमा यान्त्रिकीकरणको प्रयोगमा वृद्धि भइरहे तापनि कृषकमा आवश्यक प्राविधिक ज्ञानको भने अभाव छ । कृषिमा यान्त्रिकीकरणका आधुनिक प्रविधि भित्रिएसँगै एकै दिनमा खेत खाली गरेर रोप्न सकिने अवस्था आएको एक जना कृषक रामबहादुर कार्की बताउँछन् ।

उहाँका अनुसार कृषि यान्त्रिकीकरणको प्रयोग र विस्तारलाई प्रोत्साहन दिन सरकारले यान्त्रिक आयातमा विशेष सहुलियत दिने हो भने तराईको अन्न उत्पादनमा नसोचेको कायापलट हुन सक्दछ ।

एक तथ्याङ्क अनुसार नेपालमा कृषि यान्त्रिकीकरण दर ४० प्रतिशत पुगेको छ । कृषि यान्त्रिकीकरणमा भएको वृद्धिसँगै देशको कुल खेतीयोग्य २६ लाख ५० हजार हेक्टर जग्गामध्ये १० लाख ३० हजार हेक्टर जग्गा ट्र्याक्टरबाट जोत्ने गरिएको छ ।

यसैगरी, कृषि यान्त्रिकीकरणको प्रयोगदर तराई क्षेत्रमा ६१ प्रतिशत, पहाडमा १५ प्रतिशत र हिमालमा दुई प्रतिशत छ । कृषिमा यान्त्रिकीकरण बिना फसल उत्पादनमा वृद्धि हुन नसक्ने भन्दै कृषकले विशेष अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।
प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार १२:२६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...