back
mega bank Ad
Hero Ad

अब प्लास्टिकबाटै तेल, वार्षिक साँढे आठ लाख किलोलिटर उत्पादन हुने

काठमाडौँ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ ।

प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ । नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो ।

नास्टको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो ।

प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टले नयाँ प्रविधि भित्र्याएको बताउनुभयो । प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको छ ।

एक किलो प्लास्टिक, एक लि तेल

वैज्ञानिकका अनुसार एक किलोग्राम प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । प्लास्टिकबाट निस्केको तेल ३० प्रतिशत र अन्य पेट्रोल ७० प्रतिशत मिसाएमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय तेलमा परिणत हुनेछ । अहिले यो प्रविधिबाट निस्केको तेल सिधै बस, ट्रक, ट्र्याक्टर जस्ता सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

नास्टले सो प्रविधिबाट इन्धन उत्पादन गर्ने उद्देश्यले चीनबाट उपकरण भित्र्याएको छ । करिब रु ३६ लाख मूल्यको उक्त यन्त्र वीरगन्ज भन्सारमा आइपुगेको नास्टले जनाएको छ ।

तेत्तीस लाख बढी ग्राम प्लास्टिक खपत
एसियाली विकास बैंँकको एक प्रतिवेदन अनुसार एक नेपालीाबट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ । त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लास्टिक दैनिक खपत हुने गरेको छ ।
सो प्रविधि प्रयोग गर्ने हो भने दैनिक दुई हजार तीन सय किलोलिटर पेट्रोलियम पदार्थ निस्कन्छ । यसरी हेर्दा वार्षिक आठ लाख ५८ हजार ४८० किलोलिटर उत्पादन हुने नास्टले जनाएको छ ।
प्रकाशितः २०७३ जेठ २९

वि.सं.२०७३ जेठ २९ शनिवार १३:१२ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...