back
NMB ad

बाह्र वर्षमा पनि फर्किएन खोलो !

Kumari bank ad

मोरङ । नेपाली समाजमा १२ वर्षपछि खोला फर्कन्छ भनिन्छ तर मङ्गलबारेवासीलाई मङ्गलबारे खानेपानी आयोजनाबाट पानी पिउने धोको १२ वर्षदेखि भए पनि अहिलेसम्म उनीहरुले त्यो अवसर पाएका छैनन् ।

उर्लाबारी–६ मङ्गलबारे रामनगर चोकमा रु ३ करोडभन्दा बढी रकम खर्चिएर निर्माण गरिएको मङ्गलबारे खानेपानी निर्माण गरिएको आयोजनास्थलमा नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले मिटर उपलब्ध नगराइदिँदा आयोजना सञ्चालन अलपत्र अवस्थामा पुगेको छ । दुई वर्षअघि प्राधिकरण दमक वितरण केन्द्रलाई आयोजनाले मिटर उपलब्ध गराउनका लागि रु ३० हजार दाखिला गरे पनि आयोजना अहिलेसम्म विद्युतीय सेवा उपलब्ध भएको छैन ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङले पाँच वर्षभित्र आयोजना निर्माण गर्ने लक्ष्य लिए पनि ढिलासुस्तीका कारण सम्पन्न गर्न एक दशक बढी लागेको हो । मङ्गलबारे खानेपानी आयोजना समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेका अनुसार आयोजना सम्पन्न भएपछि प्राधिकरणलाई विद्युतीय मिटर जडानका लागि पटक पटक आग्रह गरे पनि त्यसको सुनवाइ नभएको बताए ।

आयोजना समितिका अध्यक्ष न्यौपानेका अनुसार पानी तान्ने ट्रिलरका लागि विद्युत् ट्रान्समिटर भए पनि विद्युत् सेवा उपलब्ध नभएपछि समस्या भएको हो । खानेपानी आयोजनालाई मिटर उपलब्ध गराउन प्राधिकरण दमक वितरण केन्द्र तयार भए पनि आयोजनास्थलमा प्रयोग गरिने ट्रान्सफर कानुनसम्मत नभएकाले मिटर जडान नभएको प्राधिकरण दमकका प्रमुख सुरेन्द्र साहले बताए ।

आयोजनास्थलमा ‘लो–लस’ ट्रान्सफर्मर प्रयोग गरिनुपर्नेमा अर्कै ट्रान्सफर्मर प्रयोग गरिएकाले मिटर जडान नभएको उनले बताए । २०७१ साल माघबाट नेपाल सरकारले खानेपानी आयोजनामा प्रयोग गरिने ट्रान्सफर्मर ‘लो–लस’ अनिवार्य गरेपछि यस्तो समस्या आएको प्राधिकरणले जनाएको छ । पचास घरधुरीलाई उपभोक्ता कार्ड वितरण गरिएको महिनौँ बितिसके पनि उनीहरुले अहिलेसम्म खानेपानी पाएका छैनन् । तीन किमी क्षेत्रमा पाइप बिछ्याइएको वर्ष दिन बितिसके पनि अभैm उपभोक्ताले पानी पिउन पाएका छैनन् ।

यस्तै खानेपानी आयोजना निर्माण सम्पन्न हुन नपाउँदै जीर्ण बन्दै गएको छ । आयोजनास्थलमा १ वर्ष लगाएर बनाइएको कार्यालय भवनको संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको हो । कार्यालय भवनका ढोका भत्किएका छन् । खानेपानी आयोजना परिसरलाई स्थानीयवासीले फोहर फ्याँक्ने ‘डम्पिङ साइट’ बनाएका छन् । करिब रु ३० लाख खर्चिएर बनाइएको खानेपानी आयोजनाको कार्यालय परिसर सहितको चौकीदार भवन पनि संरक्षणका अभावमा लथालिङ्ग छ । कार्यालय परिसरभित्र जथाभाबी फोहोर तथा घारी भएको छ ।

सरसफाइ कार्यालयले बिछ्याउनका लागि ल्याएको पाइप समेत संरक्षणको पर्खाइमा रहेको छ । दुई लाख २५ हजार लि क्षमता भएको आयोजनामा रहे पनि सञ्चालनमा नआई भत्कन थालेको छ । आयोजनास्थलको संरक्षण गर्नुपर्ने दायित्व बोकेको उपभोक्ता समितिले यसमा चासो देखाएको छैन ।

३० जेठ २०७३, १२।००

वि.सं.२०७३ जेठ ३० आइतवार १३:१८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...