back
NMB ad

जनता बैंकले पनि ल्यायो ५० प्रतिशत सेयर, हिजो भयो निर्णय !

Kumari bank ad

काठमाण्डौं । जनता बैंक नेपालले ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताका दरले हकप्रद दिने निर्णय गरेको छ । बैंकको आइतबार सम्पन्न साधारण सभाले यो निर्णय गरको हो ।

बैंकको संस्थापक समूहमा रहेको ७० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशतमा झारी सर्वसाधरण समूहको शेयर हिस्सा ४९ प्रतिशत कायम गर्ने र सोही बमोजिम सञ्चालक समितिको संरचनामा फेरवदल गर्ने र बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले परित गरेको छ ।

बैंकको मर्ज प्रयास असफल भएपछि पुँजी बृद्धिका हकप्रदको साहारा लिइएको हो । १५ करोड ३ लाख ४९ हजार रुपैयाँ नाफा गरेको बैंकले चुक्ता पुँजी १० अर्ब पुर्याउने प्रस्ताव परित गरेको छ ।

बैंकले २०७२ साल चैत्र मसान्तसम्ममा २२ अर्ब ८९ करोड निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले २२ करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ । हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म गरी ३६ वटा शाखाहरु, २९ वटा एटिएम र ५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाइल बैंकिङ्ग मार्फत ग्राहक वर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।

वि.सं.२०७३ जेठ ३१ सोमवार ११:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...