back
NMB ad

युवा नभई उत्पादित वस्तु विदेशिने : उद्योग मन्त्री पाण्डे

Kumari bank ad

भक्तपुर । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने तयारीमा वर्तमान सरकार लागेको बताएका छन् ।

रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्देै मन्त्री पाण्डेले भने मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नेपालमै रोजगारीको वातावरण निर्माणमा गरी युवालाई बिदेश होईन उनीहरुले उत्पादन गरेको वस्तु बिदेश पठाउन सफल हुने बताए ।

पछिल्लो समयमा सबै राजनीतिक दलहरुको प्रमुख एजेन्डा आर्थिक बिकास हुनु राम्रो भएता पनि देशलाई आर्थिक समृद्धि तर्फ लान औद्योगिक बिकासबिना असम्भव रहकाले सबैभन्दा पहिला प्राथामिकता औद्योगिक बिकास भएकाले वर्तमान सरकार औद्योगिक बिकासमा केन्द्रित बनेको पाण्डेले बताए ।

सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको भन्दै मन्त्री पाण्डेले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकाशको लागि लगानी गर्न चीन र कोरिया तयार रहेको भन्दै कुरो भन्दा कामको शैलिले तिब्रता पाएको उल्लेख गरेका थिए ।

सात प्रदेशमा बिस्ता हुन लागेका औद्योगिक क्षेत्रमा नेपालमा उत्पादित कच्चा पदार्थबाट निर्माण हुने वस्तुहरुलाई पहिलो सूचीमा राखेको र हस्तकलाबाट निर्मित वस्तुको प्र्रबद्र्धन गर्दैै बुहुराष्ट्रिय कम्पनीहरुको लगानीलाई समेत समेट्दै औद्योगिक क्षेत्रको बिस्तारमा अघि बढेको बताए ।

दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन्सँगै अन्य स्थानमा रहेका इन्धन खानीको उत्खनन गरि व्यवसायिकरुपमा उत्पादन गर्ने र तिन वर्षभित्र मुलुकमा रहेका सबै खनिजजन्य पर्दाथको उत्खनन् कार्य सकिने भन्दै मन्त्री पाण्डेले नेपालको १० स्थानमा उक्त कार्य जारी रहेको जानकारी दिए ।

सरकार परिवर्तनतको बिषय हल्ला मात्र भएको भन्दै सरकार परिवर्तन २०७४ माघ सम्म कसैले चाहेर पनि नहुने यदि यसो भएमा संबिधान नै संसोधन गर्नु पर्ने टिप्पणी गर्नु भयो । संविधानको धारा २ सय ९८ अनुसार सरकार बनेकाले गठबन्धनको एक दल मात्र बाहिरे पनि देशमा संवैधानिक संकट आउन सक्ने मन्त्री पाण्डेले भने ।

मधेश आन्दोलनका जायज मागको सम्बोधन गर्न सरकार तयार रहेको र त्यसका लागि वर्तमान सरकारले बारम्बार वार्तामा आउन पत्राचार गरेता पनि मधेश अन्दोलनका नेतृत्व वर्गले बेवास्ता गर्दा यसले सबै तर्फ असर पारेको उहाँँले बताउनु भयो । उहाँले भन्नु भयो अवको राजनीतिक एजेन्डा आर्थिक समृद्धि भएकाले सबै राजनीतिक दलहरुले एक भएर अगाडि बढे आर्थिक रुपान्तरण सम्भव रहेको उनले बताए ।

३२ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ ३२ मंगलवार १४:२२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...