back
NMB ad

किचनमा गुनगुनाउने सबै गायक हुन सक्दैनन्

Kumari bank ad

लामो समयदेखि नेकपा (एमाले) को विभिन्न मोर्चामा संगठित हुँदै पछिल्लो एक वर्षदेखि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका कोषाध्यक्ष, नेपाल पर्यटन बोर्डको सदस्य र नेकपा एमाले केन्द्रीय पर्यटन प्रवद्र्धन विभागको सदस्यमा हालै मनोनित भएका पुराना पर्यटन व्यवसायी हुन् पूर्ण कुँवर । पर्यटन र राजनीतिका विषयमा अर्थतन्त्रका लागि कुँवरसंग गरिएको कुराकानीको सम्पादित अंश …
गत बर्षदेखि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको कोषाध्यक्ष हुनुहुन्छ । के छ अहिले राष्ट्रिय पर्यटनको गतिविधि ?

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन २०६८ मभा स्थापना भयो । स्थापना भैसकेपछि जुन गतिले अगाडी बढ्नुपर्ने थियो त्यहाँ बिभिन्न कारण अगाडी बढ्न सकेको थिएन । जब २०७१ सालमा नेकपा एमालेले नेपाल पर्यटन प्रबद्र्धन विभाग गठन गरेर विभाग प्रमुख एवं संगठनको इञ्चार्जको रुपमा केन्द्रीय सदस्य सूर्य थापालाई जिम्मेवारी दिएर पठायो त्यसपछि संगठनले आफ्नो गति पहिल्याएको छ । इञ्चार्जको आगमन पश्चात व्यवसायीहरुको बीचमा पटक पटक अन्तरक्रिया  गरेर संगठनमा आवद्ध साथिहरुको असन्तुष्टि र गुनासाहरुलाई समाधान गर्दै २०७२ असोज ८ गते प्रथम राष्ट्रिय अधिवेशन भयो । त्यस पछि हाम्रो संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठनले खास गति र बाटो पहिल्याएको यथार्थ हो । अधिवेशन अघि जुन असन्तुष्टि थियो, त्यो मेटिएको छ । यतिबेला संगठन एक ढिक्का भएर उभिएको छ । अधिवेशन पछाडी विवादहरु मेटिएर गएको छ ।

संगठनको अधिवेशन लगत्तै टान, नाट्टा लगाएत व्यवसायिक संस्थाको निर्वाचनमा आफ्नो बर्चस्व कायम गर्दै नेतृत्व स्थापित गरेर देश व्यापी रुपमा सन्देश दिने तर संगठन भित्र चाहीँ असन्तुष्टिका स्वरहरु पनि फाट्टफुट्ट निस्कँदै जाने के हो खास कुरा ?

स्वभाविक रुपमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रथम अधिवेशन पछि तत्कालै टान र नाट्टाको जुन चुनाव भयो त्यसमा हामीले जुन ढंगको सानदारका जित हासिल ग¥यौं त्यसमा हाम्रो कुशल नेतृत्व कै कारण हो । पार्टी नेता एवं इञ्चार्ज सूर्य थापाले सबै पक्षलाई समेट्दै अभिभावकीय नेतृत्व प्रदान गर्नुभयो । उहाँको निर्देशन बमोजिम गठन भएको निर्वाचन परिचालन कमिटीले कुशलता पुर्वक आफ्नो भुमिका निर्वाह ग¥यो । त्यसमा व्यवसायीहरुलाई एकीकृत गर्दै आफ्नो एजेन्डालाई स्थापित गर्ने काममा सफलता मिल्यो । संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजालको नेतृत्वको टीम जिताउन सफलता मिल्यो ।

हिजो छरिएर रहेको एउटा धातु थियो, त्यसलाई हाम्रो इञ्चार्जले पगालेर एउटा आकार दिने काम गर्नुभयो । त्यो धातुलाई एकत्रित गरेर त्यसले एउटा स्वरुप दिने काम गर्नुभयो । त्यसको फलस्वरुप हामी हाम्रो संगठनले ठाडो शिर गरेर अरुसँग आँखा जुधाउने र अरुले पनि हामी सहकार्य गर्न चाहन्छौं तपाईहरु एक्लै नहिड्नुस् भन्ने स्थिति बनेको छ । हामी एउटा सशक्त शक्तिको रुपमा स्थापित भएका छौं ।

यति हुँदा पनि विरोधका स्वरहरु आउनुको कारण के हो ?

व्यक्तिमा स्वार्थहरु हुन्छन्, जुन बाहिर ल्याउन सक्दैनन् । जव टान, नाट्टा र होमस्टेमा जसरी एकछत्र रुपमा हाम्रो संगठनको एउटा लहर देखियोे त्यो माहोल लिडरसिपको र व्यवसायीको एकताका कारणले भएको थियो । सफलताकै कारण संगठन भित्र र बाहिर सबै तिर नेतृत्वको प्रशंशा हुन थाल्यो । यसले पार्टी निकटमै रहेका तर आफुलाई कोही व्यक्तिको खास मान्छे भनेर चिनाउन चाहनेलाई मन परेको थिएन । जुन साथिहरुले विरोधका कुराहरु उठाएका छन् ति हिजो टानमा पनि हाम्रा साथिहरुले नजितुन् भन्ने आकांक्षा बोकेर सुषुप्त रुपमा विरोधमै थिए । (आवश्यक परे नामै किटान गरौंला) उहाँहरुले त्यसरी हरेक चुनावमा हामीले जित्ने हैन उम्मेदवार खडा गर्नु पर्छ भन्ने मनस्थिती थियो । यसको खास कुरा चाहीँ संगठन भन्दा पनि व्यक्ति हुनु पर्छ भन्ने स्वार्थले काम गरेको थियो ।

संघ संस्थामा आफु पुग्ने, पुग्न नसके संगठनलाई नै पछाडी पार्न चहने कुत्सित मनोकांक्षा हावी भएको मैले बुझेको हो । यदी कोही गायक बन्न चाहन्छ भने फिल्डमा निस्किएर सबैले सुन्नेगरी भाका दिनुपर्छ तव मात्र गायक हुन्छ । किचनमा गीत त जस्ले पनि गुनगुनाउँछ, त्यसरी गुनगुनायो भन्दैमा सबैलाई गायक भन्न मिल्दैन नि । अहिलेको विरोधको स्वर भनेकै यस्तै किसिमको हो । आफु केही गर्ने आँट र हिम्मत छैन, चिया पसलमा कुरा काट्ने शिवाय अरु केही हैन ।

के यो पार्टी भित्रको गुटवन्दी र व्यक्तिको स्वार्थ भन्न मिल्यो ?

व्यक्तिको स्वार्थ भन्न त एकदम मिल्ला तर कतैबाट पे्ररित भएको भए पनि संगठनमै गुटबन्दी चाहीँ भन्न मिल्दैन । किनकी गुटबन्दी हुन त त्योसँग शक्ति हुनुपर्छ । किन भने कुनै पनि चट्टानमा प्रहार गर्नको लागि त्यो घन उचाल्न सक्ने शक्ति हुनुप¥यो नि । त्यस्तालाई किचनमा र बाथरुममा गुनगुनाएका गायक मात्र हुन् भन्छु म ।
बजारमा यस्ता चर्चा हुँदा तपाईलाई पनि अरोप छ असाध्यै छोटो समयमा संगठन, बोर्ड र पार्टीमा आफु स्थापित हुनु भयो यसको पछाडी कोही कसैले बोकेकै कारण भएको हो भन्ने छ नि ?

म २०२७ सालमा जन्मेको । भुमिगत कालमा २०४० सालदेखि म पार्टीका आन्तरिक गतिविधिमा सामेल थिएँ । २०४०  सालमा सिन्धुपाल्चोकको पिसकर हत्याकाण्डको बिरुद्धमा पार्टीले एउटा आन्दोलन अगाडि बढाउँदा हामी विद्यार्थी आन्दोलनमा होमियौं । २०४३ सालमा भिमप्रसाद गौचनले म्याग्दीमा गरेको जर्जर किसिमको पञ्चायतको चुनावमा हामीहरु धौलागिरी अञ्चलमा भित्तेलेखन गथ्र्यौं र मेघालयबाट नेपालीहरु खेदाउँदा त्यो आन्दोलनमा होमिएको हुँ । अहिले मेरो विरोध गर्ने साथिहरु कतिपय त जन्मिनु पनि भएको थिएन होला । म त पार्टी भित्र काम गर्ने तर पदका लागि दावी नगरी लो प्रोफाइलमा बस्ने मान्छे । समयको माग अनुसार अहिले म संगठनको कोषाध्यक्ष नेपाल पर्यटन बोर्डको सदस्य र पार्टी पर्यटन प्रबद्र्धन विभागको सदस्य छु । मेरो मुल्यांकन पार्टी र संगठनले ग¥यो । लो प्रोफाइलमा बस्दा यो केही हैन भन्ने कुरा नै गलत हो । पार्टीको निरन्तरताको हिसावले पार्टीको संगठनको हिसावले हरेक ढंगले मेरो निरन्तरता उत्तिकै छ ।

२०४८ सालमा पार्टी संगठित सदस्य सालमा पर्वत काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्ष ०५५ सालमा ०५६ अन्तरसंस्थान कर्मचारी संघ राष्ट्रिय समितिको केन्द्रिय सदस्य, ०५८ देखि पर्यटन व्यवसायमा आवद्ध छु । कमरेड योगेश भट्टराई, रुपनारायण श्रेष्ठहरु हिजो अनेरास्ववियूको अध्यक्ष हुँदा उहाँहरुले हाँकेका चुनाव र आन्दोलनहरुमा म कति ठाउँमा अग्र स्थानमा थिएँ थाहा पाउनु प¥यो । नयाँ साथिहरुलाई के लाग्छ भने पार्टीको नयाँ संगठन गरेर अलिकति २–४ हजार खल्तिमा भयो भन्दैमा सबै कुरा गर्न सकिन्छ भन्ने मानसिकताको उपज हो, मलाई जुनियर भनेर आरोप लगाउनु । म ३२ बर्षदेखि यही पार्टीकै काम भनेर हिँडिरहेको छु । त्यसैले यो मेरो सफता अस्वभाविक होईन । पार्टीमा बार्गेनिङ नै गरेको भए यो भन्दा माथि पनि पुग्थेँ होला । काम गर्दै जाँदा पार्टीले जिम्मेवारी सुम्पेको हो । पार्टी सदस्यको नाताले जिम्मेवारी पाउँदा भाग्ने कुरा भएन । साथिहरुले यो जुनियर यो सिनियर भन्ने कुरा सांगठनिक हिसावकिताबमा हुन्छ । यसमा कुनै साथिहरुको भनाईको कुनै तुक छैन ।

तपाई इञ्चार्जको कुशल नेतृत्वले राष्ट्रिय पर्यटनले फड्को मा¥यो, हालसम्मका सबै व्यवसायीक संगठन जितियो भन्नु हुन्छ, तर संगठन भित्रकै केही व्यवसायीहरु इञ्चार्जको विरुद्धमा अभिव्यक्ति दिँदै हिँडेको देखियो खास समस्याचाहीँ के देख्नु भयो तपाईले ?

मैले माथि नै इङ्गित गरिसकें आफु हुँदा ठिक आफु नहुँदा बेठिक भन्ने, संधै आत्मकेन्द्रित कुरा गर्ने र संगठनमा माखो नमार्ने केही यस्ता व्यक्तिहरु छन् उनीहरुलाई संगठन भन्दा पनि आफु माथि हुनु पर्ने महत्वकांक्षाले काम गरेको हो । जस्ले इञ्चार्जमाथि आरोप लगाएको छ उस्ले चाहीँ के गरेको छ संगठनमा ? त्यो पनि विचारणीय कुरा छ । हिजो टान र नाट्टाको निर्वाचनमा विपक्षिलाई उक्साउँदै हिँडेका प्रमाणहरु प्रशस्तै छ । अनि आफ्नो सरोकारै नभएको विभागमा अनावश्यक चासो राख्ने र संगठन पद्धती बेगर कुरा गरेर महत्वकांक्षा बढाइदिने र अरुलाई जुधाएर आफु मज्जा लिने व्यक्तिको सवालमा धेरै टिप्पणी गर्नु छैन ।

समाधानका उपाय केहि ?

विभाग गठनका सम्बन्धमा पर्यटन सँग सम्वन्धित व्यक्तिहरुलाई समेट्नु पर्दा कोही साथी छुट्नु भएको छ । त्यहाँ भित्र विभिन्न कारणहरु छन् । यसमा पार्टीमा निरन्तरता, काम गर्ने शैली जस्ता कुराहरु पार्टीले हेरेकै होला । मलाई इच्छा हुँदैमा पाइन्छ भन्ने पनि छैन । अनि अहिल्यै सबै सकिएको झैं आलोचना गर्ने कुरा राम्रो हुँदैन । आलोचना गर्ने पनि ठाउँ र प्रक्रिया छ । बाटोमा गीत गाउँदै हिँडेर यसको समाधान त हुँदैन ।

३ असार २०७३

वि.सं.२०७३ असार ३ शुक्रवार १२:१५ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...