back
NMB ad

सेयरमा लगानी गर्दा सचेत हुन धितोपत्र बोर्डले दियो फेरि निर्देशन

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले फेरि लगानीकर्तालाई सचेत हुन भन्दै नेप्से परिसूचक निकै माथि पुगेको भन्दै लगानी गर्दा विवेकपूर्ण निर्णय गर्न आग्रह गरेको छ।

बोर्डले विहीबार बजार बन्द भईसकेपछि विज्ञप्ति जारी गर्दै धितोपत्रमा गरिने लगानी जोखिम रहित नहुने भएकोले लगानीकर्तालाई सचेत हुन आग्रह गरेको हो । ‘पूँजी बजारमा सहभागी भई लगानी गर्नु लगानीकर्ताहरुको हक हो भने लगानीकर्ताहरुलाई बजार, सूचिकृत संगठित संस्थाहरु एवं अर्थतन्त्रको यर्थाथ स्थिति अवगत गराई उनीहरुको हकहितको संरक्षण गर्ने जिम्मेवारीरकर्तव्य बोर्डको हो’, बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्रमा गरिने लगानी जोखिमरहित नहुने हुँदा समग्रमा देशको अर्थतन्त्र, सूचीकृत संगठित संस्थाहरुको कार्य सम्पाद, वित्तीय स्थिति, लगानीकर्ता स्वयंको जोखिम वहन गर्ने क्षमता लगायतलाई हेरेर मात्रै धितोपत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव पनि दिइएको छ ।

नेप्से परिसूचक १६३३ अंकमा पुगेपछि बोर्डले लगानीकर्तालाई फेरि सचेत गराएको हो । बोर्डले यस अघि पनि पटक पटक लगानीकर्तालाई सचेत गराउँदै आएको छ ।

३ असार २०७३, ९।००

वि.सं.२०७३ असार ३ शुक्रवार ११:०६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...