back
NMB ad

९ मेगावाटको अप्परमाई राष्ट्रिय प्रसारणमा

Kumari bank ad

इलाम । पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सञ्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । दुई महीनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको हो ।

अप्परमाईको उत्पादन शुरू भएस“गै जिल्लाको कुल विद्युत् उत्पादन क्षमता ५२ मेगावाट पुगेको छ । “सबै प्रकारको परीक्षण सफल भएपछि राष्ट्रिय प्रसारणमा हाम्रो आयोजनाको विद्युत् पुगेको छ,” कम्पनीका कार्यकारी निर्देशक सन्तोष प्रधानले भने– “यो आयोजनाले विद्युत्को चर्को अभाव टार्न सहयोग गर्नेछ ।” प्रसारण लाइनमा जोडिए पनि १५ दिनसम्म परीक्षणको रूपमा आयोजनाले विद्युत् प्रवाह गर्नेछ । मङ्गलबार छ दशमलव पा“च मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

रू. एक अर्ब ९२ करोडको लागतमा माबु र माइमझुवामा सञ्चालित आयोजनाले मावुदेखि गोदकसम्मका ५५ वटा टावरमार्फत ट्रान्समिसन लाइन जडान गरेको छ ।

पञ्चकन्या ग्रुप प्रवद्र्धक रहेको आयोजनामा नबिल, ग्लोबल, एभरेस्ट, एनएमबी र नेपाल बैङ्कले ऋण लगानी गरेका छन् । कम्पनीले छ दशमलव एक मेगावाटको क्यासकेटको पनि ७५ प्रतिशत काम सकिएको जनाएको छ । जिल्लामा पुवाखोला, माइखोला, सानिमा र माथिल्लो पुवाखोला गरी ४३ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा छन् ।
प्रकाशितः २०७३ असार ४

वि.सं.२०७३ असार ४ शनिवार १२:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...