back
mega bank Ad
Hero Ad

सगरमाथा फाइनान्सले १६ प्रतिशत बोनस र १०ः ८ को अनुपातमा हकप्रद सेयर दिने

काठमाडौं । सगरमाथा फाइनान्सले लगानीकर्तालाई १५ दशमलव ८५५ प्रतिशतका दरले बानेस सेयर दिने भएको छ । फाइनान्सको शुक्रबार सम्पन्न १० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै सभाले १० बराबर ८ (१०ः८)को अनुपातमा हकप्रद पनि निष्काशन गर्ने निर्णय गरेको छ ।  फाइनान्सले बोनस सेयर वितरण गरेपछि हुने चुक्ता पुँजीको १०ः८ का दरले हकप्रद दिन लागिएको जानकारी दिएको छ ।

त्यस्तै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दिनेश राई र माओ राई किरातलाई आगामी ४ बर्षको लागि संचालकमा निर्वाचित गरेको हो । संचालक समितिको शुक्रबारै बसेको बैठकले मदन कुमार राईलाई अध्यक्षमा चयन समेत गरेको छ ।
ललितपुरको मानभवनमा प्रधान कार्यालय रहेको यस संस्थाले गाःवहाल, बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, सोलु सल्लेरी, भोजपुर वजार, दिक्तेल र ओखलढुङ्गा वजारमा गरी १० वटा शाखा संचालनमा ल्याएको छ ।
प्रकाशितः २०७३ असार ४

वि.सं.२०७३ असार ४ शनिवार १३:५७ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा...

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:०३

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...