back
mega bank Ad
Hero Ad

फुटबल फ्यानले मैदानमा आगो फ्याँकेपछि….

पेरिस । यो पटकको युरोकपमा फुटबल समर्थकहरुको हुलदङ्गा र कुटाकुटले दैनिकजसो स्थान लिइरहेको छ। फ्रान्समा जारी युरो कप २०१६ इङ्ल्याण्ड र रसियाबिचको खेलका समर्थकहरुको उच्छृङ्खल कार्य गरेको भन्दै युएफएले रसियाली समर्थकलाई फ्रान्स प्रवेशमा रोक लगाएर प्रतियोगिताबाट निस्कासन गर्ने चेतावनी दिइरहेका बेला क्रोएशियाका समर्थकले त्यस्तै हर्कत दोहोर्‍याएका छन्।

गए राति सेन्ट इटिनीमा सम्पन्न खेलमा चेक गणतन्त्र र क्रोएसिया एक आपसमा प्रतिस्पर्धामा थिए। खेलमा अधिकाशं समय हाबी भएको क्रोएसियाले ३८ औं मिनेटमा इभान पेरिसिक  र राकिटिले ५९ औं मिनेटमा एक एक गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। खेलको अन्तिम १४ मिनेट सम्हालिन नसक्दा  क्रोएसिया चेक गणतन्त्रसँग अकं बाढ्न बाध्य हुन पुग्यो।

खेलको ७४ औ मिनेटमा गोल गर्दै स्कोडाले गोल अन्तर २–१ झारेका थिए । ८६ औं मिनेटमा क्रोएसियाली समर्थकहरुले खेल मैदानमा फ्लेयर्स फ्याँक्न थालेपछि रेफ्रीले खेल रोक्ने निर्णय गर्नु परेको थियो। करिब ३ मिनेट खेल अवरुद्ध हुनपुग्यो। त्यसपछि सुरु भएको दंगामा दुई देशबीचका समर्थकहरु एक आपसमा भिडेका थिए। क्रिएशियाका समर्थकले प्रहार गरेको आगो फ्लेयर्स अफिसियललाई लक्ष्यित गरी प्रहार गरिएका थिए। मैदानमा आगोको  इङ्लीस रेफ्री मार्क क्लानटकर्गले खेल स्थिगत गर्दै खेलाडीहरुलाई मैदान बाहिर नकालेका थिए।

समर्थकको हुलदंगा केही साम्य भएपछि सुरु भएको खेलको अतिरिक्त समयमा चेक खेलाडीले प्रहार गरेको फ्रिकि क्रोएशियाली खेलाडी भिडाको हातमा लाग्न पुगेको थियो। त्यसपछि रेफ्रीले चेकलाई पेनाल्टी दिएका थिए। खेलको अन्तिम समयमा पाएको मौकामा चेक खेलाडी निसिडले गोल गर्दै टोलीलाई २–२ को बराबरीमा ल्याएका थिए।

क्रोएसियाली प्रशिक्षक एन्टि क्यारिकले खेलका क्रममा मैदानमा आगो फ्याँक्नेहरु फुटबलप्रेमी नभई ‘खेल आतकंकारी’ भएको टिप्पणी गरेका छन्।
प्रकाशितः २०७३ असार ४

वि.सं.२०७३ असार ४ शनिवार १४:५४ मा प्रकाशित

You can share this post!

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:५४

एजेन्सी,बेइजिङ । एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’...

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

वि.सं.२०७९ मंसिर ७ बुधवार १८:२५

काठमाडौं । सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको...

पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

वि.सं.२०७९ मंसिर ७ बुधवार १४:३४

काबुल ।  अफगान बन्दुकधारीले एक पाकिस्तानी सुरक्षा गार्डको हत्या गरेपछि...

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

वि.सं.२०७९ मंसिर ७ बुधवार १२:४५

एजेन्सी ।  टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३०...

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

वि.सं.२०७९ मंसिर ७ बुधवार ०७:५७

एजेन्सी । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित...

साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित

वि.सं.२०७९ मंसिर ६ मंगलवार १८:११

काठमाडौं  । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले...