काठमाण्डौं । आज सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५६ हजार ८ सयमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ भने आज स्थिर छ। हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा भएको छ।
प्रकाशितः २०७३ असार ६
वि.सं.२०७३ असार ६ सोमवार ११:३१ मा प्रकाशित