back

आयो हाइड्रोको ३ लाख ६८ हजार कित्ता सेयर, हेर्नुहोस्, कहाँ–कहाँबाट दिने आवेदन

Kumari bank ad

काठमाडौं । दिब्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि ३ लाख ६८ हजार २८० कित्ता साधारण सेयर   निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले  सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको साधारण सेयर असार १३ गते देखि निष्कासन हुने भएको छ । लगानीकर्ताले असार १६ गतेसम्म आवेदन दिन पाउने छन् ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने भएका छन् । सेयर निष्कासनको बिक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ ।

सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ र यो कम्पनीको सेयर किन्न एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेन्ट बैंकका नक्साल, किर्तिपुर, चावहिल, न्युरोड, जावलाखेल, कौशलटार, वीरगञ्ज, चितवनको पर्सा र नारायणगढ, मोरङको उर्लाबारी, प्युठानको विजुवा बजार र संखुवासभाको खाँदबारीमा आवेदन बुझाउन सकिने छ ।

त्यस्तै त्रिवेणी विकास बैंकको इटहरी र विराटनगर शाखा, एक्सेल डेभलपमेन्ट बैंकको विर्तामोड शाखा, एभरेष्ट फाइनान्सको सिद्धार्थनगर शाखा, गरिमा विकास बैंकको महेन्द्रपुल शाखा, मालिका विकास बैंकको धनगढी र कञ्चनपुर शाखामा पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशितः २०७३ असार ६

वि.सं.२०७३ असार ६ सोमवार १२:५० मा प्रकाशित

You can share this post!

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...