back
NMB ad

३० लाख लगानिमा पल्सर स्पोर्टस अवार्ड गरिने

Kumari bank ad

काठमाण्डौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष गर्दै आइरहेको पल्सर स्पोर्टस अवार्ड को १२ औं संस्करण आगामी साउन ६ गते गर्ने घोषणा गरेको छ । आइतबार काठमाण्डौंमा भएको एक कार्यक्रममा मञ्चले मुख्य प्रायोजक हंशराज हुलाशचन्द एण्ड कम्पनीसँग आगामी ५ वर्षको प्रयोजन सम्झौता पनि गरेको छ ।

मञ्चले हुलाशचन्दसँग १५ लाखको सम्झौता गरेको हो । कम्पनीले सम्झौता अनुसार ३ वटा पल्सर मोटरसाइकल र बाँकी नगद प्रदान गर्नेछ । यस बर्ष अवार्डमा मञ्चले ३० लाख खर्च गर्ने बताएको छ ।

अवार्डमा उत्कृष्ट खेलाडी पुरूष, महिला र युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, लाईफ टाईम अचिभमेन्ट अवार्ड, लोकप्रिय खेलाडी, बर्षका उत्कृष्ट पारा खेलाडी र स्पेशल अवार्ड गरि विभिन्न ८ विधामा खेलाडीहरु सम्मानित गर्ने गरिएको छ ।
वर्षका उत्कृष्ट खेलाडी पुरूष, महिला र लोकप्रिय खेलाडीले पल्सर मोटरसाईकल पाउने छन् । अन्य विधाका विजेताले नगद ५० हजार र अन्य उपहारहरू पाउने मञ्चले जनाएको छ ।
प्रकाशितः २०७३ असार ६

वि.सं.२०७३ असार ६ सोमवार १६:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...