back
NMB ad

आज ७ अंकले घट्यो नेप्से

Kumari bank ad

काठमाण्डौं । नेप्से सोमबार पनि ७.१७ अंकले घटेर १ हजार ६ सय १५.१० अंक कायम भएको छ। आइतबार १० अंकले घटेको नेप्से सोमबार पनि निरन्तर ओरालो लागेको छ।

त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५७ अकले घटेर ३ सय ४८.४२अंक कायम भएको छ। सोमबार जलबिद्युत् र वित्त बाहेक अन्य सबै समूहका परिसूचक तल ओर्लिएका छन्।

बिमा समूह सबैभन्दा बढी १ सय २८ अंकले तल ओर्लिएको छ। सेयरबजारमा सोमबार १ सय ३५ कम्पनीका १८ लाख ४५ हजार ८ सय ७२ कित्ता सेयर ५ हजार ७ सय ८५ पटक किनबेच हुँदा १ अर्ब १९ करोड ६८ लाख ३९ हजार १ सय ५४ रुपैयाँको कारोबार भएको छ। त्यस्तै आज भएको कारोबारका आधारमा सिखर इन्सुुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा छन्।

राष्ट्रिय बिमा कम्पनी, नेको इन्सुरेन्स र जेबिल्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सिन्धु बिकास बैंक, सुर्य लाइफ इन्सुरेन्स र नेपाल इन्सुरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।
प्रकाशितः २०७३ असार ६

वि.सं.२०७३ असार ६ सोमवार १६:५५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...