back
NMB ad

पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे

Kumari bank ad

काठमाण्डौं ।  एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन्। दुई महिनामा २२ जनाले राजीनामा दिएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोमा एयरका कोपाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो। आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए। अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरिसकेको छ। कार्की पक्राउ परेपछि पाइलटहरुले राजीनामा दिन थालेको सीआईबीका निर्देशक डीआईजी नवराज सिलवालले बताए।

चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेजस्तै पाइलट पेसामा पनि त्यस्तै प्रवृत्ति देखिएको थियो। एकजना पक्राउ परेपछि अरुले धमाधम राजीनामा दिएका हुन्। डीआइजी सिलवालले नक्कली प्रमाणपत्रधारी पाइलटहरुमाथि पनि अनुसन्धान भइरहेको बताए।
पाइलट मात्र नभई कतिपय चिकित्सकसमेत जागिर छाडेर विदेश जान थालेको स्रोत बताउँछ।

हालसम्म सीआईबीले करिब एक हजार पाँच सय चिकित्सकको शैक्षिक प्रमाणपत्र आधिकारीकता जाँच गरेकोमा करिब एक सय ५० जनाको आइएस्सीको प्रमाणपत्र नक्कली भएको पुष्टी भइसकेको छ। जसमध्ये ५३ जना पक्राउ परिसकेका छन्। शुक्रवारमात्रै सीआइबीले ३६ जनालाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रकाशितः २०७३ असार ७

वि.सं.२०७३ असार ७ मंगलवार १०:१३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...