back
NMB ad

किबी उत्पादनले किसान उत्साहित

Kumari bank ad

डडेल्धुरा । जिल्लामा किबीमा फल लाग्न थालेपछि किसान उत्साहित भएका छन् ।

तीन वर्ष अगाडि रोपेका किबीका बोटमा अहिले फल लाग्न थालेको छ । यस वर्ष कृषक किबी फल बिक्री गर्न पाउने भएका छन् । “किबी फल बिक्री गर्ने तयारीमा छौँ,” अमरगढी नगरपालिका– ७ दमडाका बेदप्रकाश भट्टले भने । यस वर्ष दुई रोपनी जमिनमा तीन क्विन्टलसम्म किबी फलेको उनको भनाइ छ ।

किबीको बारीमा तरकारी र खाद्यान्नसमेत फलाउने गरिएको अर्का किबी व्यवसायी प्रयागराज भट्ट बताउँछन् । किबीखेतीबाट कृषकले अतिरिक्त आयआर्जन गर्न सक्ने भएका छन् । दोलखाबाट ल्याइएको किबीको बीउ जिल्लाका विभिन्न क्षेत्रमा खेती गरिँदै आएको छ ।

उपयुक्त हावापानीका कारण समयमै फल लाग्न थालेकाले किबी खेती गर्न कृषक उत्साहित भएका र बिरुवाको माग बढेको कृषि विकास कार्यालयका प्रमुख दिनेशप्रसाद सापकोटाले बताए। जिल्ला कृषि विकास कार्यालयले नमुनाका रुपमा दह ब्यारेक, दमडा, बगरकोटलगायत ठाउँमा किबी खेतीको सुरुवात गरेको हो । पहिलो चरणमा जिल्लाभरिमा एलिसन र मोन्टो प्रजातिका किबी फलका आठ सय बिरुवा रोपिएका कार्यालयले जनाएको छ ।

प्रकाशितः २०७३ असार ७

वि.सं.२०७३ असार ७ मंगलवार १६:३८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...