back
NMB ad

कहाँबाट आउँछ सेयरबजारमा दैनिक २ अर्ब ?

Kumari bank ad

काठमाडौं । साढे ६ महिनाअघि १३ मंसिरमा १ हजार २२ अंकमा रहँदा नेप्सेको बजार पुँजीकरण १० खर्ब रुपैयाँ थियो ।  त्यसयता नेप्से परिसूचक झन्डै ६ सय अंक बढेको छ भने बजार पुँजीकरणको आकार ७ खर्बभन्दा धेरैले बढिसकेको छ ।

पछिल्ला केही सातायता सेयरबजारको दैनिक कारोबार नै २ अर्ब रुपैयाँ नाघेको छ । सेयरबजारमा यति ठूलो रकम कहाँबाट आइरहेको छ ?

काठमाडौंको पुतलीसडक वरपर झुम्मिएका ब्रोकर कम्पनीमा महिलाको उपस्थिति निकै बाक्लो देखिन्छ । ‘उपस्थिति जति बढेको छ, लगानीको पोर्टफोलियो त्योभन्दा निकै बढी छ,’ एक ब्रोकरले सुनाए ।

धेरै कम्पनीको आइपिओ भर्दा पनि सेयर नपरेपछि दोस्रो बजारमा लगानी गर्न थालेको धादिङकी कमला शर्माले बताइन् । सुमेरु सेक्युरिटिजमा भेटिएकी उनले भनिन्, ‘चितवन बस्ने दिदी र मलेसियामा भएका दाइले पनि सेयर किनिदिन पैसा पठाएपछि अहिले ब्रोकर कम्पनी धाउन थालेकी छु ।’

सानो-सानो बचतलाई पनि महिलाले सेयरमा लगानी गर्न थालेका छन् । ‘थोरैथोरै सेयर किन्दा पनि निकै नाफा भएपछि श्रीमान्ले सापट गरेर विदेशबाट पैसा पठाउनुभयो,’ नुवाकोटकी सरिता तामाङले भनिन्, ‘सबै पैसा सेयरमै हालेकी छु ।’ यसरी बचत मात्र होइन आफन्तको पैसा र रेमिट्यान्सलाई सेयरबजारमा लगानी गर्न महिलाको सक्रियता बढेको छ । महिलामार्फत गैरआवासीय नेपालीले ठूलो परिमाणमा लगानी बढाएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले पनि बताए ।

निक्षेपमा भएको भारी वृद्धि र लगानीको क्षेत्र संकुचित भएपति बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी बढाएका छन् । अधिकांश वाणिज्य बैंक विकास बैंक र सबै विमा कम्पनीले सेयरमा लगानी बढाएका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रकाशितः २०७३ असार ९

वि.सं.२०७३ असार ९ बिहीवार १०:५० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...