back
NMB ad

एयरलाइन्सको टिकेटिङमा सिन्डिकेट नरोके आन्दोलन गर्ने सोट्टोको चेतावनी

Kumari bank ad

काठमाडौं । नेपालमा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवाले टिकेटिङमा सिन्डिकेट थालेको बताउँदै सोसाईटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले यस्तो तत्काल नरोके आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय उडानका वायुसेवाका विमानको सिट हेर्ने यो सिस्टम आयटाका सदस्य भएकालाई पनि नदिएको भन्दै सोट्टोले विरोध गरेको हो ।

एयरलाइन्ससँगको मिलेमतोमा ठूलो मात्रामा टिकेटिङको कारोबार गर्ने तथा बजार होल्ड गर्न सक्ने ट्राभल एजेन्सीलाई मात्रै टिकट दिएर थोरै टिकेट बेच्ने र नयाँ ट्राभल एजेन्सीलाई निरुत्साहित गर्ने गरेको सोट्टो नेपालले बताएको छ ।

सोट्टो नेपालका अनुसार अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा) को सदस्य नभएका व्यवसायीलाई जीडीएस सिस्टम नदिएका कारण टिकेटिङ व्यवसाय नै प्रभावित हुन पुगेको सोट्टो नेपालको भनाइ छ ।

सोट्टोको सदस्य भएका अधिकांश व्यवसायीलाई विमान बंगलादेश, कतार एयरवेज, इमिरेट्स एयरवेज, इत्तिहाद एयरवेज लगायतले यस्तो सिस्टम दिएका छैनन् । अन्तर्राष्ट्रिय वायुसेवाका जहाजको सिट हेर्ने र टिकट काट्ने यस्तो सिस्टममा एमाडस, ग्यालिलियो र एमाकस ९सर्भर० प्रयोग भइरहेको छ । यही सिस्टम नदिएकोमा सोट्टोले विरोध गरेको हो । यसअघि सन् २००८ मा पनि सोट्टोले जीडीएसको विरोध गरेको थियो । यसपछि सहज भएको यो व्यवस्थामा पुनः असहज भएको सोट्टोका भनाइ छ ।

९ असार २०७३, १०।००

वि.सं.२०७३ असार ९ बिहीवार ११:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...