back
mega bank Ad
Hero Ad

सिइडिबी हाइड्रोले पनि ल्याउने भो साधारण सेयर, हकप्रद पनि ल्याउँदै !

काठमाण्डौं । सिइडिबी हाइड्रोको हिजो बुधबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले अहिले कायम रहेका संस्थापक सेयर धनीलाई हकप्रद सेयर निष्काशन गर्दै सर्वसाधारणका लागि पनि साधारण सेयर निष्काशन गर्ने भएकोछ ।

क्लिन ईनर्जी डेबलपमेन्ट बैंकले जलविद्युत आयोजना निर्माणका लागि २०६६ सालमा स्थापना गरेको सिइडिबी हाइड्रो फण्डले विशेष साधारण सभामा संचालक समितिको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको हो ।

चुक्ता पूंजी ५८ करोड ७० लाख रुपैंया रहेको कम्पनीले विषेश साधारण सभा मार्फत संस्थापक सेयरधनीलाई हकप्रद सेयर निष्काशन गरि ७६ करोड ३१ लाख रुपैंया चुक्ता पूँजी बनाउने निर्णय गरेको हो ।

हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ९३ करोड नाघ्ने गरि सर्वसाधारणमा १७ करोड ६१ लाख रुपैंयाको साधारण सेयर निष्काशन गर्ने प्रस्तावलाई पनि विशेष साधारण सभाले पारित गरेको हो । साधारण सेयर निष्काशनका लागि कम्पनीले यस अघि नै एनसिएम मर्चेण्ट एण्ड बैंकिंग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

९ असार २०७३, १।००

वि.सं.२०७३ असार ९ बिहीवार १३:३५ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...