काठमाण्डौं । हालै आन्तरिक राजस्व विभाग अन्तर्गत कर कार्यालयले ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुन आग्रहसहितको पत्र पठाएको छ। केही समयअघि चर्चामा आएर सेलाएको सेयर ब्रोकरलाई भ्याटको दायरामा ल्याउने कुरा फेरि उठेको छ ।
ब्रोकर कम्पनीलाई भ्याटमा जान भनिए पनि यसको प्रक्रिया र कर लाग्ने सम्बन्धमा भने अहिलेसम्म केही टुंगो लागेको छैन । यता विभागले भने ब्रोकर कम्पनीका संचालकहरुसँग बसेर सहमतिमै कर तोकिने जानकारी दिएकोछ ।
१० असार २०७३, १।००
वि.सं.२०७३ असार १० शुक्रवार १२:५८ मा प्रकाशित