
काठमाण्डौं । स्विडेनमा एक लिग फुटबल प्रतियोगिताका दौरान एक खेलाडिले खेल चलिरहेको बेला मैदानमै पादेपछि रातो कार्ड खानुपरेको छ ।
स्विडिस लिगको पुछारमा रहेको पर्साजेन एस के क्लबका खेलाडि एडम लिन्डिन लिजुंगभिस्टले हालै जार्ना एसके टीमसँगको खेलका दौरान पादेको अभियोगमा रातो कार्ड खाँदै मैदान छाडेका हुन् ।
उनले दुइवटा पहेँलो कार्डसँगै अन्तिममा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनुपर्यो । एडमले खेलको अनुशासन बाहिरको व्यवहार देखाएको र कुनै खेलाडिलाई लक्षित गरेर पादेको उक्त खेलका रेफ्रीले दाबी गरेका छन् ।
तर एडमले भने आफुलाई पादेको आरोपमा रातो कार्ड देखाउँदा झसँङ्ग भएको बताए । मैदान बाहिर बेन्चमा आएर अन्य खेलाडिहरुलाई आफ्नो बारेमा सुनाउँदा आफुले पादेको आरोपमा रातो कार्ड पाएको भन्ने कुरा कसैले पनि नपत्याएको उनले बताए ।
तर एडमले यति जोडसँग पादेका थिएकी मैदानमा उनीभन्दा केही टाढा दौडिरहेका अन्य खेलाडिले समेत पादेको आवाज सुनेका थिए ।
आफुले पाद्ने कुरालाई खासै ठूलो नमान्ने भन्दै उनले तिललाई पहाड बनाउने मानिसहरुले घटनालाई उचालेको आरोप लगाए । साँच्चीकै उनी यतिधेरै पदुवा रहेछन् की जिउ यस्तो तन्काउँदा पनि मलद्धारबाट हावा निस्कने रहेछ । फुटबल मैदानको घटना त त्यसको एउटा संस्करण मात्र रहेछ ।
प्रकाशितः २०७३ असार ११
वि.सं.२०७३ असार ११ शनिवार १६:०६ मा प्रकाशित