back
NMB ad

सफल व्यवसायी बन्नका लागि भागवद् गीताबाट मिल्ने पाँच शिक्षा

Kumari bank ad

कुनै पनि कुरामा उल्झन भएमा आजभोलि हामी गुगलमा सर्च गर्ने गर्छौं । चाहे त्यो स्वास्थ्यसँग सम्बन्धित विषय होस्, आफ्नो शिक्षासँग सम्बन्धित विषय होस्, व्यवसायका लागि सफलताका कुराहरु हुन् या जीवनमा उज्यालो पक्ष हेर्नका लागि होस् हामी इन्टनेटको सहायता लिएर विभिन्न साइटहरुमा त्यसको जवाफ खोज्ने गर्छौं । चाहे तपाई आस्तिक हुनुस् या नास्तिक यसपटक हामीले हिन्दु धर्मग्रन्थमध्ये सबैभन्दा उच्च ग्रन्थका रुपमा लिइएको गीताबाट यसका जवाफ खोज्ने कोसिस गरेका छौं ।

भनिन्छ, जतिपनि वैज्ञानिक आविष्कार या चमत्कार भएका छन् ती सबै हाम्रो वेदबाट भएका हुन् । वेदको कुरालाई अहिले थाँती नै राखेर गीताको कुरा गरौं । जहाँ विभिन्न प्रकारका श्लोकहरु छन् जसले हामीलाई जीवनमा अगाडि बढ्न र सकारात्मक बन्न मद्दत पु¥याउने गर्दछ । जस्तो कि कर्म गर फलको आशा नगर, भूत भनेको बितिसक्यो त्यसका लागि व्यर्थमा नरोऊ, भविष्य भनेको अन्धकार छ त्यसको लागि चिन्ता नगर, जे छ वर्तमानमा छ त्यसमा तिमी रमाउने कोसिस गर । यस्तै यसपटक सफल व्यवसायी बन्नका लागि भगवद्् गीताबाट मिल्ने पाँच शिक्षा हामीले यहाँ प्रस्तुत गरेका छौं ।

gita-1

‘कर्म’का बारेमा धेरै कुराहरु गरिएका छन् र सुनिएका छन् । तर यसको मुख्य विषय भनेको यी दुई लाईनमा अडिएको छ । हरेक व्यवसायीहरुले आफ्नो कर्ममा केन्द्रित हुनुपर्छ जस्तो कि कुनै पनि कुराको नतिजामा केन्द्रित नभई कर्म गर्ने । अन्तिम नतिजामा आफूलाई केन्द्रित गर्नुभन्दा त्यहाँ पुग्ने प्रक्रियामा रमाउन सक्यौं भने नै हामी अगाडि बढ्न सक्छौं । जब हामी अन्तिम नतिजा यस्तो होला उस्तो होला भनेर सोच्ने गर्छौं तर हामीले कामको सुरुवातबाट त्यहाँ नपुगिन्जेलको रमाइलो नै बिर्सन्छौं । हामीले बुझ्नुपर्छ कि आशाहरु राख्नु र सकारात्मक हुनु गलत कुरा हैन तर बिना कर्म हाम्रो बाटो अत्यन्त कठिन हुन्छ, हामी त्यहाँ पुग्न सक्दैनौं । कुनै पनि कुराको सुन्दरता भनेको कडा बाटोमा हिंडनु र त्यसरी हिंड्दा रमाउनुमा नै लुकेको हुन्छ । यदि कुनै पनि व्यक्ति त्यो बाटो हिंड्दा धेरै रमायो या धेरै डरायो भने ऊ लड्ने सम्भावना हुन्छ ।


 

gita-2

यो भन्न सजिलो छ कि विविधता र ग्रहण गर्ने क्षमता नै सफलताको साँचो हुन् । तर कुनै पनि व्यवसायीका लागि सबैभन्दा ठूलो शिक्षा भनेको छिटो परिवतर्नलाई ग्रहण गर्न सक्नु नै हो । आफ्नो पहिलो सोचाई या विचारमा नै अडिग नरहनुहोस् । ग्रहण गर्ने क्षमताको विकास गर्नुहोस्, खोज्नुहोस् र नयाँ नयाँ अवसरलाई आउन दिनुहोस् । आफ्नो व्यवसायिक यात्रालाई एउटा यात्रुको जस्तो अगाडि बढाउनुहोस्, जो कुनै शहर हेर्नका लागि वा कुनै रमाइलो ठाउँ हेर्नका लागि यात्रा गर्दै मात्र रमाउनका लागि र अनुभव बटुल्नका लागि यात्रा गर्ने गर्छन् । आफ्नो विचारलाई खुला राख्नुहोस् । याद राख्नुहोस्, परिवर्तन मात्र एउटा यस्तो चिज हो जुन सधैं उस्तै रहन्छ, अर्थात् परिवर्तन नै भइरहन्छ ।


gita-3

हरेक व्यवसायीका लागि आफ्नो क्रोधमाथि नियन्त्रण राख्नु अति नै आवश्यक हुन्छ । रीससँगै हाम्रो सोच्न सक्ने क्षमतामा ह्रास आउँछ र हामी द्विविधामा पर्ने सम्भावना बढ्छ । जब क्रोधमा हुन्छौं हामी तब दोधारेपन आउँछ र दोराधेपनले सृजना गरेको तनावले हाम्रो सोच्न सक्ने क्षमतामा कमी ल्याउँछ । यस्तो अवस्थामा हामी आफ्नो गोल र उद्देश्यबाट वञ्चित हुन पुग्छौं । कुनै पनि मानिसले जसले आफ्नो गोल या उद्देश्य बिर्सन्छ ऊ जीवनमा भौतारिन पुग्छ र उनीहरुले सफलता पाउन सक्दैनन् । यसकारण, मानिसहरुले आफूलाई रीसबाट टाढा राख्न जरुरी हुन्छ । यसको सामान्य समाधान भनेकै केन्द्रित रहनु नै हो । कहिल्यै पनि आफ्नो गोलबाट आफ्नो ध्यान नहटाउनुहोस् र धैर्य गर्ने क्षमतालाई नजरअन्दाज नगर्नुहोस् ।


gita-4

हरेक कुराप्रति उदार र खुल्ला विचार राख्ने बानीको विकास गर्नुपर्छ र साथै कुनैपनि कुरासँग धेरै जोडिनु पनि हुँदैन । कुनै पनि कुरासँग धेरै जोडिँदा त्यसले हामीलाई काम गर्ने शक्ति र माया त दिन्छ तर त्यसले हाम्रो परिधिलाई पनि संकुचित बनाइदिन्छ । धेरै चाहना र लगावले लोभलाई जन्म दिन्छ । लोभले आफ्नो सही सपना र गोलबाट टाढा लैजान्छ । त्यसैले आफ्नो कामसँग पनि अत्यधिक लगाव राख्नु हुँदैन, यसले तपाईको व्यवसायिक यात्रालाई कष्टकर र छिटै नै बन्द गराउन सक्छ । बजारमा के भइरहेकोछ भन्ने कुरालाई लिएर सधैं खुला विचार र धारणा राख्नुपर्छ । आफ्नो गोलप्रति दृष्टि लगाइ राख्नुहोस् तर त्यसका लागि मरिहत्ते पनि नगर्नुहोस् ।


gita-5

यो एउटा सामान्य श्लोक हो जसमा एकदमै गहिरो अर्थ लुकेको छ । यो एक प्रकारको श्राप जस्तो पनि हो जस्तो कि कुनै पनि लुकेको कुरा दृष्टिभ्रम गर्ने खालको हुन्छ । उदारहणका लागि, आगो धुँवाबाट ढाकिएको हुन्छ, जसले हामीलाई त्यहाँ नजिक पुग्नबाट रोकिरहेको हुन्छ, हामी त्यसलाई नहटाई त्यो भित्र के लुकेको छ देख्न सक्दैनौं । त्यसै गरी ज्ञान पनि इच्छाभित्र लुकेको हुन्छ, त्यो इच्छालाई हामीले नदेखेको जस्तो गर्नुपर्छ कि त त्यसलाई त्याग्नुपर्छ । हामीले इच्छा र लोभहरुको पर्दालाई वेवासता गरेपछि पाउनेले ज्ञानले मात्र हामीलाई अगाडि बढ्न मद्दत गर्छ । यो पक्कै पनि सजिलो छैन तर ज्ञानी मान्छेले सजिलै के कुरा ग्रहण गर्ने र के कुरालाई छोड्ने भन्ने कुरा जानेको हुन्छ ।
१२ असार २०७३, १२.३०

वि.सं.२०७३ असार १२ आइतवार १२:२४ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....