
काठमाण्डौं । दिब्येश्वरी हाइड्रोपावरले निष्काशन साधारण सेयरमा हिजो सोमबार एकैदिन १८ करोड २० लाख रुपैयाँ बराबरको सेयर आवेदन परेको छ ।
‘कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका जम्मा ३ करोड ९६ लाख रुपैयाँको सेयर खुलाएकोमा पहिलो दिन नै १८ करोड २० लाख रुपैयाँको आवेदन परेको हो । पहिलो दिनको माग आवेदनको अवस्था हेरेर विश्लेषण गर्दा यो कम्पनीको सेयरमा पनि मागभन्दा २० गुणा बढीले आवेदन पर्ने संकेत देखिएको छ ।
कम्पनीले सोमबारदेखि आगामी बिहीबारसम्ममा लागि साधारण सेयरको बिक्री खुल्ला गरेको छ । यो सेयर भर्नका लागि एस क्यापिटलको काठमाण्डौं स्थित कार्यालय, एस डेभलपमेन्ट बैंकका देशभर रहेका १२ वटै कार्यालयबाट सर्वसाधारणले सेयरको आवेदन फारम भर्न सकिने छ ।
त्यसैगरी, बिर्तामोडमा एक्सल डेभलपमेन्ट बैंक, पोखरामा गरिमा विकास बैंक, महेन्द्रनगरमा महाकाली विकास बैंक, इटहरी र बिराटनगरमा त्रिवेणी विकास बैंक, धनगढी र नेपालगञ्जमा मालिका विकास बैंक, बुटवलमा एभरेष्ट फाइनान्स गरी देशभरका २१ स्थानबाट सेयरका लागि आवेदन दिन सकिन्छ ।
१४ असार २०७३, १०।००
वि.सं.२०७३ असार १४ मंगलवार ११:४० मा प्रकाशित