back
NMB ad

६ व्यवसायीका सफल कथा जसले असफलतालाई हावी हुन दिएनन्

Kumari bank ad

असफलता सफलताको विकल्प हैन । यो त्यस्तो कुरा हो जसलाई हामीले अस्वीकार गर्नु नै राम्रो हुन्छ, तर कतिपय अवस्थामा हामीले नचाहँदा नचाहँदै पनि असफलता भोग्न बाध्य हुन्छौं र कुनै समयमा यो ठूलो सफलताको लागि लुकेको अपरिहार्य यथार्थता पनि हुन पुग्छ । हामी सबैले एक न एक दिन कुनै न कुनै क्षणमा असफलता व्यहोरेकै हुन्छौं । यस्तो अवस्थामा हामीले त्यो असफलतालाई कसरी लिन्छौं र त्यसबाट कस्तो पाठ सिक्छौं भन्ने कुरा नै महत्वपूर्ण हुन्छ ।

यसपटक हामीले ६ सफल व्यवसायीका कथाहरुलाई ल्याएका छौं । उनीहरुको कथाको अन्त्य अत्यन्त ठूलो सफलतामा गएर टुंगिन्छ तर ती सबै सफलताका जराहरु असफलतालाई टेकेर नै उम्रिएका छन् र समयसँगै दह्रो बनेका छन् । यी कथाहरु असफलता आयो भन्दैमा हामी रोकिनुहुँदैन भन्ने राम्रो उदाहरण हुन् । कुनै पनि सफल व्यवसायी बन्नका लागि यी कथाहरुले हामीलाई पक्कै पनि प्रेरणा दिनेछ ।

  • एरियाना हफिङटन ३६ जना पब्लिसरहरुबाट अस्वीकृत भएकी थिइन् 
    इो पत्याउन एकदमै गाह्रो हुन्छ कि अहिलेको अनलाई पब्लिकेशनको दुनियाँमा अग्रपंक्तिमा आउने नाम अफिङटनलाई कुनै बेला ३ दर्जन पब्लिसरहरुले अस्वीकार गरेका थिए । हफिङटनको दोस्रो किताब, जुन अहिले उनको यो हफिङटन पोष्टको साम्राज्य खडा हुनुभन्दा पहिले लेखिएको थियो, उक्त किताब छाप्नका लागि एकबाट अर्को प्रकाशक कहाँ धाइरहिन् तर उनलाई कसैले पनि उनको किताब छापिदिएन । यसरी त्यो समयमा उनलाई ३६ जना प्रकाशकहरुले अस्वीकार गरेका थिए । त्यसपछि मात्र कसैले उनको त्यो किताब छापिदिएको थियो । यसका साथै, हफिङटन पोष्ट पनि रातारात सफल भएको कम्पनी हैन । यथार्थमा भन्नुपर्दा, जब यसको सुरुवात गरियो, यसका बारेमा दर्जनौं नकारात्मक प्रतिक्रियाहरु बहिर आएका थिए । विशेष गरेर यसको गुणस्तर र क्षमतालाई लिएर त्यस्तो प्रचारवाजी गरिएको थियो । तर हफिङटनले त्यस्ता प्रतिक्रिया र असफलतालाई पन्छाउँदै अगाडि बढिन् र अहिले वेवमा एक सफल आउटेलका रुपमा आफूलाई स्थापित गरेकी छिन् ।
  • बील गेट्सले आफ्नो पहिलो कम्पनीमा धुलोमा परिणत भएको हेरेका थिए
    बील गेट्स अहिले संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । तर उनले यो सफलता र धन सजिलै कमाएका हैनन् । गेट्स व्यापारिक क्षेत्रमा ट्राफ–ओ–डाटा नामक कम्पनीबाट छिरेका थिए, जसले ट्राफिक टेपहरुबाट डाटा प्रोसेस गर्ने र एनलाईज गर्ने सोच बनाएको थियो । उनले यो आइडिया आफ्नो बिजनेस पार्टनर पल एलनसँग मिलेर बेच्ने प्रयास गरेका थिए, तर यो प्रोडक्टले काम नै गरेन । यो व्यर्थको झन्झट जस्तो मात्र हुन पुग्यो । तर, यो असफलताले बील गेट्सलाई रोकेर बाँधेर राखेन । उनले नयाँ नयाँ अवसरहरु खोज्न छाडेनन्, यसरी असफलता मिलेको केही वर्षपछि उनले माइक्रोसफ्ट बनाए, र सफलताको नयाँ बाटो कोरे ।
  • जर्ज स्टेनवेनरले पूरै समूहलाई टाट पल्टाएका थिए
    स्टनवेनरले आफ्नो नाम स्थापना गरे जब उनले न्यूयोर्क यान्किज किनेर आफ्नो प्रभुत्व जमाए, तर त्योभन्दा पहिले उनले सानो बास्केटबल टिम क्लेभल्याण्ड पाइपर्स किनेका थिए । यो सन् १९६० तिरको कुरा हो तर दुई वर्ष पनि नबित्दै, स्टेनवेनरको निर्णय नतिजा स्वरुप उक्त कम्पनी पूरै टाट पल्टियो । यो कुराको छाप उनले सन् १९७० मा न्यूयोर्क यान्किज किन्दा र त्यसलाई व्यसायिक रुपमा स्थापित गर्ने क्रममा पनि देखिन पुग्यो । १९८० र १९९० मा उनले पूरै संघर्ष गर्नुप¥यो । तर जनमानसको डर र आलोचनाका बीच पनि उनले खुट्टा कमाएनन् र अहिलेको सफल स्थानमा आउन सफल भए ।
  • वाल्ट डिज्नेलाई उनीसँग क्षमता नभएको भनिएको थियो
    २०औं शताब्दीका अत्यन्त क्षमतावान र क्रियटिभ व्यक्तित्व वाल्ट डिज्नेलाई आफ्नो संघर्षका दिनहरुमा क्षमता नभएको भनेर उनले काम गर्ने पत्रिकाबाट बर्खास्त गरिएको थियो । बाँच्नका लागि उनले, लाफ–ओ–ग्राम नामक पहिलो एनिमेशन कम्पनीको सुरुवात गरे । उनले त्यो कम्पनीका लागि १५ हजार डलर पनि जम्मा गरे तर त्यसको वितरण कम्पनी बन्द भएपनि उनले पनि उक्त कम्पनी बन्द गर्नु परेको थियो । कामको खोजी र बाँच्नका लागि संघर्ष गर्ने क्रममा डिज्ने हलिउड पुगे र त्यतिबेलासम्म उनले संघर्ष गर्नुप¥यो जतिबेलासम्म उनका केही क्लासिक चलचित्रहरुले सफलता पाएनन् ।
  • स्टिभ जब्स आफ्नै कम्पनीबाट निकालिएका थिए
    स्टिभ जब्स अत्यन्त प्रभावशाली व्यवसायी हुन्, प्रविधिको दुनियाँमा उनले गरेको उल्लेख्य आविष्कारहरुले गर्दा पनि उनलाई हामी सम्झिरहने छौं, यति मात्र हैन उनलाई अत्यन्त असफल हुँदा पनि नथाक्ने व्यक्तित्व र सफल हुने व्यक्तिका रुपमा पनि उनीबाट प्रेरित भइरहने छौं । जब्सले आफ्नो सफलता सानै उमेरमा प्राप्त गरे, जब एप्पल कम्पनी ठूलो व्यवसायिक घरानाका रुपमा उभिन पुग्यो तर जब उनी ३० वर्षतिर लागेका थिए, एप्पलका बोर्ड अफ डिरेक्टरहरुले उनलाई कम्पनीबाट निकाल्ने घोषणा गरे । तर उनी यसबाट कत्तिपनि विचलित भएनन्, जब्ले नेक्स्ट नामक कम्पनी खोले, जसले पनि एप्पललाई नै लियो । त्यसपछि उनले एप्पल ब्राण्डलाई नै सयौं गुणा माथि पु¥याइदिए ।
  • मिल्टन हर्सीले हर्सिज ल्याउनुभन्दा पहिले तीन कम्पनी खोलेका थिए
    हर्सिज चकलेजका बारेमा सबैलाई थाहा छ, तर जब मिल्टन हर्सीले आफ्नो क्याण्डी उत्पादन कम्पनी खोलेका थिए तब उनी कोही पनि थिएनन् । आफूले गरिरहेको कामबाट निकालिएपछि हर्सीले तीनवटा कम्पनीहरुले खोले जो चकलेजसँग सम्बन्धित थिए, तर उनले ती तीनै कम्पनी घाटामा गएको र डुबेको र बन्द भएको देखे । अन्तिम पटकको प्रयासमा उनले ल्याक्यास्टर क्यारामेल कम्पनी खोले र त्यसपछि उनले राम्रो नतिजाहरु देख्न थाले । सबैका लागि दूधको मिठाईको सपना देखेका हर्सीले हर्सी कम्पनी खोले र चकलेट उद्योगमा नै स्थापित नाम बन्न पुगे । अहिले उनी यो धर्तीमा नभएको दशकौं बित्दा पनि उनको हर्सीज चकलेट सबै माझ अत्यन्त लोकप्रिय छ ।

एजेन्सीको सहयोगमा, १४ असार २०७३, ५.००

वि.सं.२०७३ असार १४ मंगलवार १६:५२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...