back
NMB ad

१०० पूर्णाङ्कको परीक्षामा ५२५ अंक आएपछि….

Kumari bank ad
काठमाण्डौं । १०० पूर्णाङ्कको परीक्षामा कति नम्बरसम्म आउलारु ९८, ९९ वा सतप्रतिशत १०० मा १०० नै।तर, भारतको मध्यप्रदेशको एक विश्वविद्यालयले एक छात्रालाई १०० अंकको विषयमा ५२५ अंक दिएको फेला परेको छ।भारत मध्यप्रदेशको रीवाका अवधेश प्रताप सिंहले विश्वविद्यालयकी एक छात्रालाई अर्थशास्त्र विषयमा १०० पूर्णाङ्कको परीक्षामा ५२५ अंक दिएका छन्।यतिमात्रै होइन, १०० पूर्णाङ्कको विषयमा ५२५ अंक पाएकी उनले कूल ४५० पूर्णाङ्कमा ७२७ नम्बर ल्याएकी छिन्। उनी हुन् शिखा त्रिपाठी जसले बीए प्रथम वर्षको परीक्षा दिएकी थिइन्।

शिखा सतना रामपुर बघेलानको सरकारी कलेजकी विद्यार्थी हुन्, जुन कलेज अवधेश प्रताप सिंहसँग कार्यरत विश्वविद्यालय अन्तर्गतको हो। जम्मा ४५० पूर्णाङ्कको परीक्षामा ७२७ नम्बर पाएकी शिखा अलमलमा परेकी छिन् कि उनी पास वा फेल के भइन् भन्ने।

शिखाले भनिन्,‘यो सबै विश्वविद्यालयको गल्ती हो। यस्ता खालका गल्ती धेरै हुन्छन्। कहिले कोहीलाई अनुपस्थित भएको भनेर आउँछ, कहिले मार्कसिटमा अंक नै चढाएको हुँदैन। यो सब झन्झट सामना गर्नुपरिरहेको छ।’

शिखाको बीए प्रथम वर्षको मार्कसिटमा एउटै विषयमा ५२५ र जम्मा ४०५ पूर्णाङ्कको परीक्षामा ७२७ अंक आएपछि यसबारे विश्वविद्यालयले छानविन समिति बनाएको छ।


प्रकाशितः  बीबीसी हिन्दीबाट, २०७३ असार १५

वि.सं.२०७३ असार १५ बुधवार ११:०९ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...