
टर्की । यहाँको इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा परी ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् ।
तीनजना हमलावरले एकैसाथ टर्मिनल भवन प्रवेश गर्ने क्षेत्र नजिकै अन्धाधुन्द गोली प्रहार गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि जवाफी कारवाही गर्दा आफैं बम बिस्फोट गराएका थिए ।
प्रधानमन्त्री बिनाली यील्ड्रिमका अनुसार प्रारम्भिक अनुसन्धानले हमलामा आइएसको संलग्नता रहेको देखिएको छ ।
आक्रमणपछि विमानस्थललाई पूर्णरुपमा बन्द गरिएको छ । यस्तै अमेरिकाले टर्की जाने र आउने सबै फ्लाइटलाई ग्राउन्डेड गरेको छ ।
बीबीसी, १५ असार २०७३, १०.०
वि.सं.२०७३ असार १५ बुधवार १२:५५ मा प्रकाशित