back
NMB ad

कांग्रेसमा कार्यकर्ता बेरोजगार तर हजार पद रिक्त

Kumari bank ad

काठमाडौं । १३ औं महाधिवेशनपछि कांग्रेसमा हजारभन्दा बढी पद रिक्त रहेको पाइएको छ ।

ठूलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगर्दा कांग्रेसका नेता कार्यकर्ता भने काम नपाएर बेरोजगार बन्न पुगेका छन् ।

महाधिवेशनबाट पारित पार्टी विधानअनुसार निर्वाचित सभापतिले कांग्रेसको महाधिवेशन सकिएको दुई महिनाभित्रै सबै निकाय र तहमा मनोनयान पूरा गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, सभापति देउवाले केन्द्रीय समिति र विभाग प्रमुख पनि किस्ताबन्दीमा गरिरहेका कारण अझै लामो समय कार्यकर्ता बेरोजगार नै बन्नुपर्ने देखिएको छ । किस्ताबन्दी मनोनयन पनि निकै कम पदमा मात्रै भएको छ ।

सभापति देउवाले ४२ वटा विभागमा मनोनयान गर्न बाँकी छ । एउटा विभागलाई पूर्णता दिँदा मात्रै पनि २१ जना नेताले काम पाउँछन् ।

विभागमा पूर्णता नहुँदा कांग्रेसका ८ सय ८२ कार्यकर्ता बेरोजगार भएका छन् । ज्येष्ठ राजनीतज्ञ सभा, संसदीय बोर्ड, अनुशासन समिति लगायतमा पनि मनोनयन गर्न बाँकी नै छ । राजधानी दैनिकमा खबर छ।

प्रकाशितः २०७३ असार १६

वि.सं.२०७३ असार १६ बिहीवार १०:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...