
काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार दिउँसो भएको शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना प्रहरी मारिएका छन् ।
शुरुवाती खबरका अनुसार राजधानी काबुलमा अफगान पुलिसको गाडीमा आत्मघाती आक्रमण भएको हो ।
अफगान अधिकारीलाई उधृत गर्दै आएको समाचार अनुसार तालिबानले यो आक्रमणको जिम्मेवारी लिएको छ ।
अधिकारीहरुका अनुसार काबुलको काला ए हैदर खान गाउँमा एक कम्पनीको एरियामा तालिबानले आत्मघाती आक्रमण गरेका हुन् ।
पघमनका गभर्नर हाजी मोहम्मद मुसा खानका अनुसार हमलामा सय भन्दा बढी मानिस घाइते भएका छन् ।
गत साता सोमबार बिहान काबुलमै तालिबानले आत्मघाती विस्फोट गराउँदै १३ जना नेपालीसहित १४ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशितः २०७३ असार १६
वि.सं.२०७३ असार १६ बिहीवार १६:३२ मा प्रकाशित