back
NMB ad

यो साता नेप्सेमा ३८ अंकले वृद्धि, सेयर बजारका सबै सूचक अग्रस्थानमा

Kumari bank ad

काठमाण्डौं । यस साता नेप्से सूचक ३८ अंकले बढ्यो भने क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक ८ अंकले बढेको छ। जसअनुसार विकास बैंक समूह सबैभन्दा धेरै अर्थात ८० अंकले बढेको छ।  यो साता सेयर बजारका सबै सूचक तथा ९ वटै समूहहरु उक्लिएका छन्।

बिमामा ७३, जलविद्युतमा ३९, वाणिज्य बैंकमा ३६, फाइनान्समा २४ अंकको बृद्धि भएको छ। होटल समूह १७, उत्पादनमूलक समूह १३, अन्य १ र व्यापार समूह १ अंकले बढेका छन्।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५० कम्पनीहरुको कारोबार भएको छ। ति कम्पनीको कारोबारबाट ८ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरका २ करोड २८ लाख कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ७  प्रतिशत बढि हो। गत साता १ सय ४७ कम्पनीहरुको ७ अर्ब ८२ करोड रुपैयाँको सेयरहरु खरिद बिक्री भएका थिए।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ अंकले बढेको छ। पहिलो दिन आइतबार १६ सय ८५ अंक रहेको नेप्से अन्तिम दिन १७ सय २३ अंकमा अंकमा पुगेको छ ।

यस साता कारोबार रकमका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड ४३ लाख ७० हजार रुपैयाँको सेयर कारोबार भयो। त्यसैगरी दोस्रो स्थानमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको ३२ र तेस्रोमा रहेको नेपाल बंगलादेश बैंकको २८ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल एसबीआई बैंक र एनएमबी बैंक पनि कारोबारका आधारमा उत्कृष्ट ५ कम्पनीभित्र पर्न सफल भए।

जलविद्युत लगानी तथा विकास कम्पनीको १० करोड कित्ता साधारण सेयर र मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको छ। जलविद्युत लगानीमा सर्वसाधारणतर्फको सेयर संख्या २ करोड कित्ता रहेको छ। लगानीकर्ताको बहुप्रतिक्षित विषय रहेको सो कम्पनीको ठूलो संख्यामा साधारण सेयरहरु बजारमा सूचीकृत भएकाले एक सातापछि समग्र बजारलाई यसले प्रभाव पार्ने अनुमान छ।

प्रकाशितः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार ११:५१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...