back
NMB ad

क्यानोनिङमा मज्जा लिनेहरु ६ हजार

Kumari bank ad

काठमाडौं। पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाईडिङ, बञ्जी जम्पिङ जस्ता साहसिक पर्यटकीय गतिविधिका लागि विश्वमै ख्याति कमाएको नेपालमा अर्काे साहसिक गतिबिधि क्यानोनिङ अर्थात् छाँगारोहणबाट मज्जा लिने स्वदेशी र बिदेशी पर्यटकहरुको संख्या बढेर ६ हजार पुगेको छ । नेपाल क्यानोनिङ एसोसियसनले दिएको जानकारी अनुसार मनोरम प्राकृतिक दृष्यावलोकन सँगै भरपुर आनन्द प्राप्त गर्नेहरुको सँख्या दिप्रतिदिन बढ्दै गइरहेको हो ।

स्वदेशी हुन् या बिदेशी क्यानोनिङ प्रति पर्यटकको आकर्षण पनि दिनप्रतिदिन बढ्दै गएको एसोसियसनले जनाएको छ । त्यस्तै नयाँ साहसिक पर्यटकीय गतिबिधि क्यानोनिङको विकास पनि द्रुत भइरहेको छ ।

हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला झरना क्यानोनिङको लागि उपयुक्त देखिन्छन् । पर्यटन क्षेत्रका विज्ञहरु पनि भन्छन् नेपालको पहाडी क्षेत्रता अग्ला झरना जुन प्रशस्तै मात्रामा छन्, तीनीहरुमार्फत पर्यटनको महत्वपूर्ण पाटो क्यानोनिङलाई साहसिक खेलकोरुपमा विकास गर्ने प्रशस्तै सम्भावना छन् ।

नेपाल क्यानोनिङ एशोसीएसनका संस्थापक अध्यक्ष तिलक लामा भन्छन् “प्राकृतिक आनन्द दिने र साहसिक गतिविधिमा रुचि राख्नेका लागि क्यानोनिङ खेल एकदमै उपयुक्त छ, नेपालको पहाडी क्षेत्रमा धेरै अग्ला झरना भएकाले यो नयाँ पर्यटकीय गतिविधिका रुपमा विकास गर्न सकिन्छ । ”

अग्ला झरनामा डोरीको सहायताबाट पानीमा भिज्दै तल झर्ने खेल नै क्यानोनिङ हो । एसोसियसनका अनुसार दक्ष व्यावसायिक प्रशिक्षकको सहयोगमा काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, लमजुङ, कास्की लगायतका देशका २० भन्दा बढी झरनामा व्यावसायिकरुपमा क्यानोनिङ गरिंदै आएको छ ।

प्रकाशित मिति ः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १२:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...