back
NMB ad

कृषिमा आत्मनिर्भर वन्न साना किसान कार्यक्रम उपयुक्त ः सचिव भट्टराई

Kumari bank ad

भैरहवा । कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले कृषिमा आत्मनिर्भर वन्नका लागि साना किसान कार्यक्रम एक उपयुक्त विकल्प रहेको वताएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र साना किसान विकास वैंकको संयुक्त आयोजनामा भैरहवामा भएको साना किसान कृषि सहकारी संस्थाहरुको हस्तान्तरण कार्यक्रममा सचिव भट्टराईले साना किसान कार्यक्रमले ग्रामिण क्षेत्रका किसानको आर्थिक क्षमता विकास संगै कृषिमा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको धाराणा राखे ।

नेपाल सरकार कृषि विकास मन्त्रालय र इफार्डको सहयोगमा सञ्चालन गरिएको किसानका लागि उन्नत विउ विजन कार्यक्रम अन्तर्गत स्थापना भएका कृषि सहकारी संस्थाको हस्तान्तरण कार्यक्रममा भट्टराईले नेपालका साना किसान कार्यक्रमलाई मोडलका रुपमा अगाडी वढेको र यो कार्यक्रम देशका सवै ग्रामिण क्षेत्रमा पु¥याउनुपर्नेमा जोड दिए ।

उनले उत्पादन र उत्पादकत्व वृद्धी गर्न महत्वपूर्ण योगदान रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमबाट ग्रामिण क्षेत्रको दिगो विकास, महिला शसक्तिकरण, कुपोषणको अन्त्य, आर्थिक सम्पन्नता, सामाजिक मेलमिलाप र परनिर्भताबाट उन्मुक्ति लगायतमा सहयोग पुगेको विश्वास व्यक्त गरे ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंकका अध्यक्ष खेम वहादुर पाठकको अध्यक्षतामा भएको थियो ।

किसानका लागि उन्नत विउ विजन कार्यक्रमका प्रवन्धक लक्ष्मण पौडेलले नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास वैंक संगको सहयोगमा ग्रामिण क्षेत्रको विकेन्द्रीत पूँजीलाई केन्द्रीकृत गरी किसानकै हितमा लाग्ने कार्य उदाहरणिय भएको बताए ।

उनले संघ र वैंक संगको सहयात्रालाई अझै मजवुत र दिगो वनाउँदै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

साना किसान विकास वैंकका सिईयो जलन कुमार शर्मा, कृषि विकास वैंकका क्षेत्रीय निर्देशक अरुण ढुङगाना, कृषि विकास मन्त्रालय वैदेशिक सहायता महाशाखाका महेन्द्र पौडेल लगायतका वक्ताहरुले साना किसानका संस्थाहरुले आर्थिक समृद्धिमा पु¥याएको योगदान स्मरणिय रहेको धारणा राखेका थिए ।

कार्यक्रममा स्वागत गर्दै नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रवन्धक रुद्र भट्टराईले साना किसानका ७ सय भन्दा बढि संस्थाहरु मार्फत ६९ वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको, ३२ हजार सहकारीका सामाजिक युवा अगुवा नेतृत्वकर्ता तयार गरेको, ३६ सय युवालाई व्यवसायिक कृषिमा संलग्न गराएको, ३१ अर्वभन्दा बढि साना किसानहरुले आप्mनै पूँजी आफै परिचालन गर्न थालेको जानकारी गराएका थिए ।

उनले साना किसान कार्यक्रम अहिले ८ लाख घरधुरीमा पुगेको भन्दै आगामी १ वर्षमा देशका सवै जिल्लामा सेवा विस्तार गर्ने र किसानहरुले आर्थिक समस्याका कारण साना तिना काम गर्नबाट वञ्चित हुन पर्ने अवस्था सृजना हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति ः २०७३ असार १८

वि.सं.२०७३ असार १८ शनिवार १७:२८ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...